
पुरुषोतम सुनुवार
साथी
शब्द सामान्य
सम्बन्ध पनि सामन्य ।
तर
सबैको हकमा
उस्तै नहुन सक्छ ।
हुन नहुन दुबै पाउँछ ।
साथी
जो नभए पनि चल्छ ।
तर जो नभई पनि हुन्न ।
यो
सम्बन्ध नै
गज्वको रैछ ।
जन्मेदेखी
अर्थात आफुले
थाहा पाइन्जेल सम्म ।
बालक - बृद्व
सबैको साथी हुन्छ र चाहिन्छ पनि ।
जहाँ
जहिले
र
जो संग पनि
बन्न सकिने
सजिलो सम्बन्ध साथी ।
भाडाकुटी
खेल्दा देखि
गोठालो जादा
हाट बजार मेलापात मात्र नभएर
स्कुल पढ्दा
कलेज पढ्दा
जागिर खादा
अध्यन अध्यापनको
ज्ञान आर्जन गरे संगसंगै
कमाउ धन्दामा लाग्दै गर्दा सम्म
साथिको लर्को पनि उत्तिकै थपिने ।
अझ
त्यो भन्दा छिटो
त्यो भन्दा सजिलो
जिन्दगीमाको
यात्रा गर्दा
पैदल यात्रामा,
बस यात्रामा होस या हवाई यात्रामा
सजिलै नजिकिन सकिने सम्बन्ध साथी ।
फोनको माध्यमबाट
ईन्टरनेटको माध्यमबाट
फेसबुक, भाइवर, इमो, वाट्सव इत्यादि -
हुँदै जोडिन सकिने सम्बन्ध साथी ।
त्यति मात्र
कहाँहोर ?
साथिको साथी पनि
साथिको आफन्तजन पनि
सजिलै साथी बनिदिने,
कति सजिलो छ ।
बुवाआमा
दाजुभाइ, दिदिबहिनी
आफन्तको साइनो
कसैगरी बदल्न मिल्दैन ।
तर साथी ?
एउटा
चित्त नबुझे
अर्को बनिदिन्छन् ।
अर्को चित्त नबुझे अर्कै ।
साथीहरु बद्लिरहन्छन्
कुनै यात्रामा निस्कँदा
ठाउँ बद्लिए झैँ, स्थल थपिए झैँ
साथिहरू थपिदै जान्छन ।
समय
परिस्थिति
बदलिए जस्तै
साथिको सम्बन्ध
थपिने र घट्ने क्रम जारी रहन्छ ।
कुरो यत्तिमात्र
जिन्दगीको यात्रामा
रमणिय क्षेण सम्झिए जस्तै
रमणिय ठाउँ सम्झिए जस्तै
कस्लाई सम्झिरहने
कस्लाई नसम्झने निर्णय आफ्नो हुन्छ ।
तर
साथी शब्दमा सामान्य
सम्बन्ध अपरम्पार छ ।
फिक्कल-५, सिन्धुली/हाल कतार