
प्रदेश पाँचमा १२ जिल्लामै कोरोना भाइरस संक्रमण फैलिएको छ । आइतवार रोल्पामा संक्रमित थपिएसँगै प्रदेशका १२ जिल्लामै संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
लकडाउनको ७६ औं दिनमा रोल्पामा तीन जना भारतबाट आएर क्वारेन्टाइनमा बसेकामा संक्रमण भेटिएको छ ।
प्रदेशमा आइतवारसम्म कोरोना संक्रमितको संख्या १ हजार ८१ पुगेको छ । प्रदेश पाँचमा वैशाख १९ गते रुपन्देही र बाँकेमा दुई जनामा पहिलो पटक कोभिड–१९ का बिरामी देखिएका थिए ।
प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या पनि १ सयभन्दा बढी छ । प्रदेश पाँचमा कोरोना संक्रमणबाट गुल्मी, बाँके, अर्घाखाँची र पाल्पाका चार जना पुरूषको मृत्यु पनि भएको छ । प्रदेश पाँचमा सबैभन्दा धेरै संक्रमित कपिलवस्तुका छन् । कोरोनाको सबैभन्दा जोखिममा प्रदेश पाँच छ ।