०८ साउन २०८३, शुक्रबार

मन्त्रिपरिषदको निर्णय - निजी गाडी जोरबिजोर गरेर चलाउन दिइने, एसईई आन्तरिक मूल्यांकनबाट

जेठ २८, २०७७
मन्त्रिपरिषदको निर्णय -  निजी गाडी जोरबिजोर गरेर चलाउन दिइने, एसईई आन्तरिक मूल्यांकनबाट

सरकारले लकडाइनलाई खुकुलो बनाउने भएको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनमा जोरविजोर नम्बर प्लेटका गाडी चलाउने निर्णय गरेको हो।

बिहीवारदेखि निजी सवारी साधन जोरबिजोर गरेर चलाउन दिइने निर्णय भएको एक मन्त्रीले लोकान्तरलाई बताए ।

'निजी सवारी साधन जोर बिजोर गरेर चल्न दिने निर्णय भएको छ,' उनले भने, 'सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् ।' जाेरविजाेर लागू भएपछि जाेर गतेका दिन जाेर नम्बर प्लेटका गाडी चलाउन मिल्नेछ भने विजाेर गतेका दिन विजाेर नम्बरका गाडी गुड्नेछन्।

यससँगै पसलहरू पनि भोलिबाट खुल्न पाउने भएका छन् ।

त्यस्तै लाखौँ विद्यार्थीहरूको भविष्यसँग जोडिएको एसईई परीक्षा भने आन्तरिक मूल्यांकनबाट गरिने भएको छ। 

एसईई परीक्षा नहुने भएपछि सम्बन्धीत विद्यालयकै मूल्यांकनलाई मान्यता दिइने भएको हो।

कोरोनाका कारण विगतको जस्तै गरी एसईई परीक्षा गर्न नसकिने निष्कर्ष निकालेकाे शिक्षा मन्त्रालयले कानुन संशाेधनका लागि  मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। कोरोनाको त्रासका कारण एसईई परीक्षाको अघिल्लो दिन मात्र स्थगित भएको थियो ।  नेपालमा चैत ११ देखि लकडाउन सुरु भएपछि शैक्षिक संस्था खुल्न सकेका छैनन्।

salt training

कमेन्ट गर्नुहोस्