
धनगढीस्थित एनआईसी एसिया बैंकको प्रादेशिक कार्यालयको एटीएममा बिहीवार राती तोडफोड भएको छ ।
बैंकको सिसिटिभि फुटेजका अनुुसार धनगढी चौराहास्थित कार्यालयको एटिएम राती १२ बजे तोडफोड भएको देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको व्यक्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको छ ।
घटनावारे अनुसन्धान जारी गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता प्रतिक बिष्टले एटिएमको बाहिरको ढोकामा क्षति पुगे जानकारी दिए । मेसिन सुरक्षित रहेकोले पैसा निकालिएको नदेखिएको पनि उनको भनाइ छ ।