
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालको आइसीयुमा उपचाररत बुटवलका एक जना ५३ वर्षीय पुरूष निको भएर घर फर्किएका छन् । उनी १९ दिन अगाडि भर्ना भएका थिए । बिरामी बुटवल–११ का हुन् ।
कोरोना संक्रमण हुँदा निमोनिया देखिएका उनलाई ‘सुगर’को समस्या पनि थियो । अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सल्ट्यान्ट डा. सुदर्शन थापाले बिरामीलाई आइतवार डिस्चार्ज गरिएको जानकारी दिए ।
एक हप्ताअगाडि आइसीयुमा उपचाररत कपिलवस्तुमा एक अर्का बिरामी पनि निको भएर घर फर्किएका छन् । अहिले अस्पतालको आइसीयुमा रूपन्देही, कपिलवस्तु, पाल्पा र दाङका ६ जना बिरामी उपचाररत छन् ।
त्यस्तै आइसोलेसनमा दश जना बिरामी रहेका छन् । पछिल्लो समय जटिल समस्या भएपछि मात्र अस्पतालमा आउने सरकारले निर्देशिका बनाएसँगै कोरानो अस्पतालमा आउने बिरामीको संख्या पनि घटेको छ । बिरामी होम क्वारेन्टिनमा बस्न थालेका छन् ।