×

NIC ASIA

पोखरामा संक्रमितको शव व्यवस्थापन गर्दा स्थानीय विरोधमा उत्रिएपछि हवाईफायर

असार ११, २०७७

Prabhu Bank
NTC
Premier Steels

कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा पोखरामा बिहीवार स्थानीयले विरोध जनाएका छन् । 

Muktinath Bank

उपचारका क्रममा बुधवार राति मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पोखरा महानगरपालिका–३२ मजुवाका स्थानीयले विरोध जनाएका हुन् । सोक्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा महानगरको डोजरले खाल्डो खन्न लागेको थाहा पाएपछि स्थानीय सो ठाउँमा शव गाड्न नपाइने भन्दै विरोधमा उत्रिएका थिए । प्रहरी र स्थानीयबीचको झडपबीच पनि बिहीवार दिउँसो शव व्यवस्थापन सम्भव भएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

स्थानीयले तोडफोड र ढुंगामुढा गर्न उत्रिएपछि प्रहरीले हवाइफायर गरी तितरबितर पारेको थियो भने केहीलाई नियन्त्रणमा लिएको छ । 

Vianet communication

कास्कीका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार ८ राउन्डसम्म हवाइ फायर गरिएको हो । विरोध गर्ने ८ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गत जेठ ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका स्याङ्जाका ५५ वर्षीय ती पुरुषको बुधवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो । 

कोरोना संक्रमित उनी मधुमेह र निमोनिया रोगबाट समेत ग्रसित रहेको अस्पतालमा निर्देशक डा. अर्जुन आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनलाई उपचारका क्रममा शुरूआतमा आईसीयूमा राखिएकोमा श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

गण्डकी प्रदेशमा योसहित कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । गत जेठ २३ गते स्याङ्जा वालिङका ५८ वर्षीय अर्का पुरुषको पोखरामै उपचारका क्रममा मृत्यु भएको थियो । उनको शव व्यवस्थापन गर्ने क्रममा समेत हम्मेहम्मे भएको थियो ।

पछि प्रहरीले जबरजस्ती पोखरा–११ र २० को सीमा सेती किनारमा खाल्डो खनेर शव गाडेको थियो । प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विरोधमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नुपरेको थियो । 

गण्डकी प्रदेशमा गएको १ महिनामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जेठ ११ गतेसम्म मात्र ५ जना कोरोना संक्रमित रहेको गण्डकीमा हाल बढेर ७५३ पुगेको छ । बिहीवार थप ११ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । 

प्रदेश सरकारले कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि आइसोलेसन बार्डसमेत बढाउने तयारी गरेको जनाएको छ । प्रदेशमा खासगरी नवलपुर, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँमा रहेका आइसोलेसन वार्डको क्षमता दोब्बर बनाइने तयारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x