×

NMB BANK
NIC ASIA

कैलालीको एक स्वास्थ्य केन्द्रको फार्मेसीमा औषधी होइन, ब्युटीपार्लरका सामान पाइन्छ भन्दा पत्यार नलाग्ला । तर यथार्थ हो । 

Muktinath Bank

जिल्लाको कैलारी गाउँपालिका ८ पृथ्वीपुरस्थित उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसीमा ब्युटीपार्लरका टिप्सका साथै सामान पाइन थालेको हो । सो स्वास्थ्य केन्द्रले फार्मेसी बन्द गरेर एक व्यक्तिलाई ब्युटीपार्लर सञ्चालन गर्न दिइएपछि ब्युटीपार्लर सञ्चालनमा आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य केन्द्रका प्रमुख रुपा बिकले फार्मेसी हटाएर फार्मेसी राखिएको भवनमा एक ब्यक्तिलाई ब्युटीपार्लर पसल सञ्चालन गर्न दिएको बताइन् । जनशक्ति अभावका कारण सञ्चालनमा रहेको फार्मेसी बन्द भएको बताउँदै उनले सो फार्मेसी भवन खाली भएपछि भाडामा ब्युटीपार्लर सञ्चालन गर्न दिएको स्थास्थ्य केन्द्रकी प्रमुख बिकले जानकारी दिइन् । 


Advertisment
Nabil box
Kumari

सञ्चालनमा रहेको फार्मेसी बन्द भएपछि सेवाग्राहीहरु मारमा परेका छन् । स्वास्थ्य केन्द्रबाट दैनिक करिब ५० जना बढीले सेवा लिदै आएका विरामीहरु मारमा परेका छन् । फार्मेसी बन्द भएपछि स्वास्थ्य केन्द्रले निजी क्लिनिकबाट औषधी खरिदको लागि समझौता गरेको स्वास्थ्य केन्द्र प्रमुख बिकले जानकारी दिइन् ।

Vianet communication

जुन क्लिनिकबाट सेवाग्राहीहरु महंगोमा औषधी किन्न बाध्य भएका छन् । त्यस्तै स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन हुँदै आएको सो स्वास्थ्य केन्द्रमा सो कार्यक्रम प्रभावित भएको छ । सो कार्यक्रम अन्तरगत औषधी बिक्रि वितरणको जिम्मा पनि सो क्लिनिकलाई नै दिइएको बताइएको छ । 

स्वास्थ्य केन्द्रको सो कार्यप्रति स्थानीयहरु विरोध जनाउँदै आएका छन् । स्थानीय अजित चौधरीले स्वास्थ्य केन्द्रले सेवाग्राहीलाई प्रभावकारी तथा सुलभ सेवा दिनुको साटो निजी क्षेत्रलाई पोस्ने काम गरेको बताए । स्वास्थ्य केन्द्रले विरामीको स्वास्थ्य सम्बन्धी अधिकार कुण्ठित गरिरहेको पनि स्थानीय अजित चौधरीको भनाइ छ ।

स्वास्थ्य केन्द्रले पछिल्लो ८ महिनादेखि फार्मेसी बन्द गरेर ब्युटीपार्लर सञ्चालन गर्न दिएको जनाइएको छ । जसबाट मासिक १५ सय रुपैया ब्युटीपार्लर सञ्चालकबाट स्वास्थ्य केन्द्रले असुली गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कैलारी गाउँपालिका वडा नंं ८ का वडा अध्यक्ष दुखीराम कठरियाले बताए ।

अध्यक्ष कठरियाले भने–‘फार्मेसी बन्द भएपछि केही आम्दानी होस भएर ब्युटीपार्लर सञ्चालन गर्न दिएका हौ । अब पुुनः फार्मेसी सञ्चालनको पहल भैरहेको छ । सम्भवतः २ महिनाभित्रै सञ्चालन गर्ने तयारीमा छौ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x