१० साउन २०८३, आइतबार

लम्सालको महाकाव्य ‘धरा’ सार्वजनिक

कात्तिक २०, २०७४
लम्सालको महाकाव्य ‘धरा’ सार्वजनिक

काठमाडौँ, १६ वैशाख - कवि डा नवराज लम्सालको महाकाव्य ‘धरा’ को आज यहाँ लोकार्पण गरिएको छ ।
कवि लम्सालले १० वर्ष लगाएर लेखेको ४३८ पृष्ठको सो महाकाव्य वरिष्ठ कवि तुल्सी दिवस, डा गोविन्दराज भट्टराई, प्राज्ञ भुवन ढुङ्गाना, डा जगमान गुरुङ, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, पत्रकार धर्मेन्द्र झालगायतले सार्वजनिक गर्नुभयो ।nawaraj

वरिष्ठ कवि दिवसले ‘धरा’ मा टुक्रा टुक्रा नभई सिङ्गै नेपालका बारेमा मिहिन रुपमा जानकारी प्रस्तुत गरिएको बताउनुभयो । उहाँले मुलुक बनाउन अरुलाई गुनासो मात्र नगरी हरेकले आफ्नो तर्फबाट योगदान दिनुपर्छ भन्ने प्रमाणका रुपमा ‘धरा’ले काव्यिक जवाफ दिएको बताउनुभयो ।

पुस्तकबारे बोल्दै डा गोविन्दराज भट्टराईले लम्सालले महाकाव्य विधामा आफूलाई अलग रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।

ऐश्वर्य प्रकाशनले प्रकाशन गरेको ‘धरा’ रेडियो नेपालमा कार्यरत लम्सालको छैठौँ साहित्यिक कृति हो । पुस्तकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सबै जीवित पूर्व प्रधानमन्त्रीहरुको सङ्क्षिप्त भूमिका समावेश गरिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्