२० असार २०८३, शनिबार

गल्याङमा घर पहिराेमा पर्दा श्रीमानकाे मृत्यु, श्रीमती घाइते

असार १४, २०७७
गल्याङमा घर पहिराेमा पर्दा श्रीमानकाे मृत्यु, श्रीमती घाइते
फाइल तस्वीर

स्याङ्जाकाे गल्याङमा घर पहिराेमापर्दा १ जनाकाे मृत्यु भएकाे छ भने १ घाइते छन्।

अविरल वर्षापछि गएराति गल्याङ नगरपालिका वडा १, साङलियाका यामबहादुर बिककाे घरमाथिबाट ढिस्काे खसेकाे थियाे । 

जसमा ४९ वर्षका घरधनी यामबहादुर बिक र उनकी श्रीमती फूलमाया बिक पहिराेमा च्यापिई घाइते भएकाेमा रामबहादुरकाे उपचारक्रममा गल्याङ नगर अस्पतालमा बिहान साढे ४ बजे निधन भएकाे स्याङ्जा प्रहरीले जनायाे । 

घाइते फूलमायाकाे थप उपचारकाे लागि पाल्पा मिसन अस्पताल लगिएकाे स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। 

बिक परिवारका १३ वर्षका छाेरा रमेशकाे अवस्था सामान्य छ । उनलाई चाेटपटक छैन ।

राति २ बजेतिर २ तले कच्ची साे घर पहिराेमा परेकाे हाे ।
 

salt training

कमेन्ट गर्नुहोस्