१४ असार २०८३, आइतबार

कतारबाट फर्केका गोरखाका ४४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

असार २०, २०७७
कतारबाट फर्केका गोरखाका ४४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना भाइरस संक्रमित गोरखामा एक जना पुरुषको उपचार क्रममा मृत्यु भएको छ । 

गोरखाको पालुङटार नगरपालिका वडा ७ निवासी ४४ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचार क्रममा शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत पुष्टि गरेको हो । 

निमोनियाका बिरामी समेत रहेका ती पुरुषको अघिल्लो दिन कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएपछि शुक्रवार राति ९ बजेर ५५ मिनेटमा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालका नि. मेडिकल सूपरिटेण्डेन्ट डा. नवीन थापाले जनाए । अस्पतालमा ल्याएका उनको स्वास्थ्य अवस्था जटिल देखिएपछि अक्सिजन दिएरै राखिएको थियो । 

उनका अनुसार ती पुरुष गत असार १७ मा कतारबाट फर्केर क्वारेन्टाइन बसेका थिए । गोरखाकै च्याङली बिरुवास्थित जीवनज्योति माविको क्वारेन्टाइनमा बस्दै आएका उनको भोलिपल्ट असार १८ मा स्वाब संकलन गरिएकोमा असार १९ मा कोरोना पुष्टि भएको प्रवक्ता कृष्ण ढकालले जानकारी दिए । 

यता, शव व्यवस्थापनका लागि अहिले बैठक बसिरहेको अस्पतालका नि. मेडिकल सूपरिटेण्डेन्ट डा. थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्