
पोखरामा सरकारी गाडीको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।
पोखराको राष्ट्रबैंक चोकमा आइतवार दिउँसो ३ बजे जिल्ला समन्वय समिति (जिसस) कास्कीको गाडीले पर्वतको कुष्माका २४ वर्षीय सन्तोष चापागाई चढेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मुस्ताङचोकदेखि शहीदचोकस्थित कार्यालयतर्फ जाँदै गरेको जिससको बा१झ ७२४५ नम्बरको सरकारी गाडीले रत्नचोकदेखि ड्यामसाइटतर्फ जाँदै गरेको चापागाईँ चढेको ग७प ८८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । राष्ट्रबैंक चोकको चौबाटोमै भएको दुर्घटनामा पोखराको रत्नचोकस्थित सीजी हार्डवेयरमा कार्यरत चापागाईँको बायाँखुट्टामा गम्भीर चोट लागेको छ ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।