×

NMB BANK
NIC ASIA

नेकपामा संकटमोचन

नेकपाको कलह शान्त, नाटकीय ढंगबाट टर्‍यो पार्टी फुटको खतरा

पार्टी एकढिक्का राख्ने पहल गरिरहेका दोस्रो पुस्ताका नेता भन्छन् - हाम्रो मेहेनेतले काम गर्‍यो

असार २७, २०७७

NTC
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्तिसंघर्षका कारण उत्पन्न फुटको अवस्था तत्कालका लागि टरेको छ । शनिवार आफ्नो गृहजिल्ला चितवन पुगेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने स्थिति नआओस् भन्नेमा आफू सचेत रहेको बताएका थिए ।

Muktinath Bank

बाढी पहिरोको अवस्था अवलोकन गर्न चितवन पुगेका प्रचण्डले भने, ‘मैले हतार गर्न खोजेको भए अर्को दुर्घटना वा के हुन्थ्यो म अहिले भन्न सक्दिनँ । कुनै न कुनै समझदारी, सहमतिबाट हल निस्कन्छ । पछिल्लो पटक अर्का अध्यक्षसँग भएका कुराहरुको संकेत पनि हल गर्नुपर्छ भन्नेतिर नै छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष प्रचण्डको यस वक्तव्यसँगै नेकपाभित्रको फुट तत्कालका लागि टरेको बुझ्न सकिन्छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रवार राष्ट्रको नाममा सम्बोधन गर्दै राजनीतिक दलभित्र हुने विवाद र बहस आन्तरिक भएकाले निष्कर्षमा पुर्याउने जिम्मा नेताहरूको नै हुने भन्दै सहमतितर्फ संकेत गरेका थिए ।


Advertisment
Nabil box
Kumari

वर्षाका कारण देशका विभिन्न ठाउँहरूमा आइपरेका प्राकृतिक विपत्तिमा ध्यान केन्द्रित गर्दै राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक संघर्षका बारेमा कडाइका साथ वक्तव्य दिने अनुमान गरिएको थियो ।

Vianet communication

उक्त अनुमानविपरित ओलीले भने, ‘पार्टीभित्र हुने यस्ता बहस, छलफल र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै टुंग्याउनेछन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’

केही दिन अघिसम्म नितान्त विपरित ध्रुवमा उभिएका अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीको आन्तरिक विवादमाथि दिएको प्रतिक्रिया एउटै देखिएको छ । दुवै अध्यक्षमा आएको नाटकीय परिवर्तन पछाडिको ‘फ्याक्टर’ भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

गत असार १० गतेबाट शुरू भएको नेकपा स्थायी कमिटीको पाचौं बैठकमा बहुसंख्यक स्थायी कमिटीका सदस्यहरूले ओलीको राजीनामा माग गरेका थिए । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई साथमा लिएर प्रचण्डले ओलीको राजीनामाबाट टसको मस नहुने अडानमा थिए ।

नेकपाभित्रको शक्तिसंघर्षले नाटकीय मोड लिएर सुखद अवतरण गर्नमा दोस्रो पुस्ताका नेताहरूको पनि हात रहेको छ । स्थायी कमिटी सदस्यसमेत रहेका कृषिमन्त्री घनश्याम भुसालको पहलमा दोस्रो पुस्ताका नेताहरू बारम्बार छलफलमा जुटेका थिए । उनीहरूले पार्टी फुट कुनै पनि हालतमा क्षम्य नहुने भन्दै शीर्ष नेताहरूलाई सहमतिका साथ संकट टार्न पटक पटक आग्रह गरेका थिए ।

दुवै अध्यक्षनिकट नेताहरूले तत्कालका लागि पार्टी विभाजनबाट जोगिएको भन्दै खुसी प्रकट गरेका छन् । कतिपय स्थायी कमिटी सदस्यहरूले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत पार्टीको विवाद सहमतिका साथ हल भएकोतर्फ संकेत गर्दै विभिन्न सन्देशहरू दिने गरेका थिए ।

प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले शुक्रवार साँझ फेसबूकमा लेखेका थिए, ‘पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथ सहयोग रहने विश्वासका साथ म आजै कार्यक्षेत्रमा(वुटवल) फर्किएको छु । पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै संवादको प्रक्रियालाई अघि बढाउन भूमिका खेल्नु हुने सबै धन्यवादको पात्र हुनुहुन्छ ।’

नेकपामा दुई अध्यक्षबीच सहमति भइसकेको सन्देश पोखरेलले शुक्रवार नै फेसबूकमार्फत दिइसकेका थिए । पोखरेल स्थायी कमिटी बैठक शुरू हुनुभन्दा अघिदेखि राजधानी आएर नेकपाभित्रको संकट समाधानका लागि पहल गर्ने नेता हुन् ।

विवाद समाधानका लागि डटेर लागिपरेका प्रचण्डनिकट मानिने स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले शुक्रवार बिहान एक ट्वीट लेखेर पार्टीको संकट टरेको सन्देश दिएका थिए । ‘आज फेरि अध्यारो पन्छिएर बिहानी झुल्किएको छ । पार्टीभित्रको किचलो अन्धकारसँगै भुलिदिँउ । अतिवृष्टि र कोरोनाको महामारीको विपद्बाट पार पाउन नयाँ सिराबाट काम थालौं, शुभ प्रभात,’ उनले लेखेका थिए ।

प्रधानमन्त्री ओलीले अध्यक्ष या प्रधानमन्त्रीबाट कुनै पनि हालतमा राजीनामा नदिने बरू पार्टी फुटाएर जाने अडान लिएपछि प्रचण्ड-माधव समूह पार्टी विभाजनले कम्युनिस्ट आन्दोलनलाई नै ठूलो धक्का पर्ने भन्दै बरू समय लिएर सहमति नै खोज्नुपर्ने निष्कर्षमा पुगेको थियो ।

दुईअध्यक्षबीच के सहमति भयो भन्ने विषय बाहिर आइसकेको छैन तर ओलीको राजीनामा लाई बटमलाइन मान्दै आएको प्रचण्ड-नेपाल समूह गत मङ्सिर ४ गते दुई अध्यक्षबीच भएको कार्यविभाजनलाई थप व्याख्या गरेर अघि जान सहमत भएको विभिन्न स्रोतहरूले दाबी गरेका छन् ।

अध्यक्षद्वयका हिजो र आजका वक्तव्यहरू दुर्घटना टार्ने खालको भएको भन्दै नेकपाका कतिपय स्थायी कमिटी सदस्यहरू खुसी भएका छन् । पार्टी विभाजनतिर नलैजान खबरदारी गरिरहेका एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘हाम्रो मेहेनेतले रंग ल्याएको छ । पार्टी विभाजन तत्कालका लागि टर्यो भन्दा हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x