चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
असार २९, २०७७
२०७५ साल जेठ ३ गते नेपालको इतिहासमा दुई ठूला वामपन्थी पार्टीहरू एक भए । तत्कालीन माओवादी केन्द्र र एमाले एक भएर नेकपा बनेदेखि नै नेताहरूको व्यवस्थापनलाई लिएर पार्टीभित्र खटपट शुरू भएको हो ।
त्यतिबेला प्रधानमन्त्रीसमेत रहेका नयाँ पार्टीका अध्यक्षले नेकपा जेट भएको र जेट उडाउन दुई पाइलट चाहिने भन्दै द्वीअध्यक्षात्मक प्रणालीको बचाउ गरेका थिए । उनले निर्माण गरेको 'जेट'को भाष्य अहिलेसम्म जनजिब्रोमा झुन्डिएको छ ।
उनले नेकपालाई जेट बताउनु रणनीतिक भाष्य निर्माण गर्नु थियो । उनले जेटमा दुई पाइलट हुने भनेर तत्कालका लागि नेकपाका दुवै अध्यक्षहरू समान भएको सन्देश दिन खोजेका थिए । पछि उनले आफ्नै व्यवहारबाट अध्यक्ष प्रचण्ड जेटको 'को-पाइलट' मात्र रहेको देखाउन भरमग्दुर प्रयास गरे ।
पछिल्लो समयमा त ओलीले जेटलाई कमर्सियलबाट प्राइभेट बनाउन खोजे । सबै प्राइभेट जेटहरूमा दुईवटा पाइलट आवश्यक पर्दैन । कमर्सियल जेटमा भने २ वटा पाइलट अनिवार्य हुनैपर्छ ।
राजीनामा माग्ने हो भने पार्टी विभाजन गरिदिने ओलीको धम्कीलाई प्रचण्डपक्षीय एक नेताले 'हलो काटी मुंग्रो' भन्ने उखान चरितार्थ गर्न खोजेको रूपमा बुझे । केहीदिन अघि लोकान्तरसँग कुरा गर्दै उनले भनेका थिए, 'जेट होइन, अब नाइटबसको ड्राइभर हुने आकांक्षा उहाँमा पलाएको छ । हलो काटेर मुंग्रो बनाउने तरिका उहाँबाट कसैले सिकोस् ।'
तर त्यसपछि केही दिनयता देशभर भारी वर्षा भयो । बाग्मती मात्र होइन, देशभरिका खोलानालामा धेरै पानी बग्यो र सतह अझ बढ्ने क्रम जारी छ । यतिबेला ककपिटमा झगडा गरिरहेका दुई पाइलटहरू नाटकीय ढंगबाट एउटै भाषा बोल्न थालेका छन् ।
राजीनामा माग्ने र नदिने दुवै समूहका कलुषित दुश्मनी बाग्मतीको धमिलो पानीले बगाएको छ । दुवै समूह यतिबेला 'वीरताका साथ पछि हटेको' नेकपा वृत्तमा चर्चा हुन थालेको छ ।
शुक्रवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र आन्तरिक विवाद रहेको स्वीकार्दै भनेका थिए, 'जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।'
'धैर्यता' र 'संयम' तिनै शब्द हुन् जसलाई त्यसको भोलिपल्टै आफ्नो गृहजिल्ला चितवन पुगेको प्रचण्डले निकै अर्थपूर्ण ढंगले व्याख्या गरे । ‘मैले हतार गर्न खोजेको भए अर्को दुर्घटना वा के हुन्थ्यो म अहिले भन्न सक्दिनँ,' प्रचण्डले चितवनबाट आफू धैर्य र संयम रहेको सन्देश दिँदै भने, 'कुनै न कुनै समझदारी, सहमतिबाट हल निस्कन्छ । पछिल्लोपटक अर्का अध्यक्षसँग भएका कुराहरूको संकेत पनि हल गर्नुपर्छ भन्नेतिर नै छ ।’
नेकपाभित्र यसअघि उठेका सबै विवादहरू 'गिभ एण्ड टेक'मा टुंगिएका छन् । पछिल्लो विवाद पनि कुनै न कुनै गिभ एण्ड टेकमा टुंगिएको अनुमान राजनीतिक वृत्तमा लगाइने गरिएको छ । तर अध्यक्षद्वयमध्ये कसले के छाड्यो या पायो त्यो अहिलेसम्म बाहिरिएको छैन ।
केही दिनअघि लोकान्तरले विश्वस्त स्रोतले दिएको सूचनाका आधारमा नेकपाभित्र सहमतिका ५ बुँदे ड्राफ्ट छलफलमा शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसमा मंसिर ४ गतेको अध्यक्षद्वयको कार्यविभाजनको थप व्याख्या गरेर अघि बढ्ने आशयका बुँदाहरू उल्लेख थिए । स्रोतको पछिल्लो दाबीअनुसार अध्यक्षद्वयबीच तिनै बुँदाहरूमा गहन छलफल भएको छ । यद्यपि सहमतिको ठोस खाका सार्वजनिक भने भइसकेको छैन ।
पछिल्लो समयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्षद्वय ओली र प्रचण्डबीच केही न केही लिखित सहमति भएकै कारण दुवै एक-एक कदम पछि हटेको हुन सक्ने अनुमानहरू राजनीतिक वृत्तमा गर्न थालिएको छ ।
यसबाट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरू अलि हच्केका जस्ता देखिन्छन् । तर नेता नेपालको अनविज्ञतामा कुनै पनि सहमति हुन नसक्ने उनीनिकट नेताहरू बताउँछन् ।
लोकान्तरसँग कुरा गर्दै नेता नेपालनिकट एक नेताले भने, 'अब पार्टी विभाजनतर्फ जाँदैन, तर अहिलेसम्म कुनै लिखित सहमति भने भइसकेको छैन । जेठ २ गतेको सहमतिलाई मंसिर ४ गतेको सहमतिले विस्थापित गरिदियो भने मंसिर ४ गतेको सहमतिलाई विस्थापित गरेर त्रिपक्षीय शक्ति सन्तुलनका आधारमा नयाँ सहमति हुन सक्ने विषयलाई नकार्न सकिँदैन ।'
नयाँ सहमति मंसिर ४ कै सहमतिको थप व्याख्या हो भन्ने प्रश्नमा उनको जवाफ छ, 'ठ्याक्कै त्यसैको थप व्याख्या त नभनौं तर हामीले पहिल्यैदेखि उठाउँदै आएका कतिपय विषयहरू सम्बोधन गरेर सहमति गरिन्छ । मंसिर ४ मात्र किन ? यसअघिका अन्य सबै सहमतिहरूको व्याख्या हुन सक्छ ।'
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई पटक–पटक पूर्वएमाले समूह मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउने गरेका छन् । तर नेता नेपाल भने यसपटक कुनै पनि उधारो सहमति नगर्ने भन्दै ओलीका प्रस्तावहरूप्रति विमति जनाउँदै आइरहेका छन् । नेता नेपालले गत वैशाख २० गते बसेको सचिवालय बैठकमै अध्यक्षद्वयको 'चोचोमोचो' अब नचल्ने भनेर दुवै अध्यक्षलाई सचेत गराइसकेका छन् ।
स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल नेकपा विभाजनको खतराबाट उम्केको र आफूलाई खुशी लागेको बताउँछन् । लोकान्तरसँग मण्डलले भने, 'पार्टी फुट्यो भने पार्टीको मात्र होइन देशकै भविष्यमाथि प्रश्नचिह्न उठ्ने थियो । नेताहरूले त्यसलाई केन्द्रमा राखेर बुद्धिमानीपूर्ण निर्णय गर्नुभएको छ । दुवै अध्यक्षहरू पछि हट्नुभएको छ, खुशी लाग्या छ ।'
उनले पार्टी फुटेको अवस्थामा मान्छे मात्रले होइन, मान्छेले तालिम दिएका पशुपंक्षी जस्तै सुगा, बाँदर भालुहरूले पनि नेताहरूको विश्वास गर्न नसक्ने परिस्थिति पैदा हुने दुखेसो व्यक्त गरे । मण्डलले आफूहरूले विगतमा गरेका सहमतिहरूमाथि नै टेकेर अघि बढ्न नेतृत्वलाई सुझाएको समेत बताए ।
'हामीले मंसिर ४ लगायतका अन्य सहमतिलाई थप व्याख्या गरेर अघि बढ्ने भनेर सुझाउँदै आएका हौं । अहिलेसम्म जे सहमति भएको छ, त्यसैमाथि टेकेर नयाँ सहमति गर्नुपर्यो । महाधिवेशनसम्म त अहिले दुईवटा अध्यक्षकै सहमतिमा जाने कुरा थियो नि !
कतिपय साथीहरूलाई मनमा दु:ख छ पीडा छ । बाहिर आयो । नेताहरूलाई पनि त्यसले शिक्षा दियो । कमजोरी भएकै हुन् र अहिले दुवै पक्षले त्यो कमजोरी स्वीकारेर अघि बढ्नुको विकल्प छैन,' मण्डलले भने ।
अर्का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा दुवै अध्यक्षले सहमतिको भाषा बोलेकोमा आफूहरूलाई खुशी लागेको बताए । 'पार्टी एक गर्ने पनि अध्यक्षहरू नै हुनुहुन्छ र विभाजनबाट रोक्ने काम पनि उहाँहरूकै हो,' उनले भने, 'केही समस्या देखिएका हुन् तर अहिले समाधानउन्मुख छ । खुशी लागेको छ ।'
यससँगै भयंकर टर्ब्युलेन्समा फसेको नेकपा जेटमाथि विभाजनको चट्याङ हटेको छ । यद्यपि जेट सहजरूपमा अवतरण हुन भने बाँकी नै छ ।
'सुखी नेपाली, समृद्ध नेपाल' नाम दिइएको उडान अझै गन्तव्यमा पुगिसकेको छैन । बीचमै तेल सकिने खतरा उस्तै छ । पाइलटहरूबीच तत्कालका लागि युद्धविराम भएपनि त्यसले ८ लाख कार्यकर्ता र ३ करोड जनताको भविष्यलाई कता डोहोर्याउने हो, त्यो भने हेर्न बाँकी छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...