गायक बिक्रम परियारको नयाँ गीत 'आधा माया' बजारमा आएको छ ।
प्रह्लाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीतमा रहेको सो गीतमा सुनिता बुढा क्षेत्रीले गायक परियारलाई साथ दिएकी छन् ।
कृष्ण बिके –भान्जा)ले संगीत संयोजन गरेका छन् भने दिलीप रायमाझी तथा ऐश्वर्या सुनुवारले फिचरिङ गरेका छन् ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी भने सुनिल क्षेत्रीले गरेका छन् ।
यसअघि गायक परियारको ‘चौतारीको बर’ निकै लोकप्रिय गीत हो ।
राग स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियोलाई जनता फिल्मस् प्रालिले बजारमा ल्याएको हो ।