०२ असार २०८३, मंगलबार

लगातारको वर्षाले सुस्ता गाउँ डुबानमा

साउन ६, २०७७
लगातारको वर्षाले सुस्ता गाउँ डुबानमा

लगातारको वर्षाले पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी पारीको सुस्ता गाउँ गएरातिदेखि डुबानमा परेको हो । त्यस्तै नारायणीमा पानीको बहाव उच्च भएपछि त्यसआसपासको क्षेत्रमा अझै जोखिम पनि बढेको छ ।

सुस्तामा २ सय ६५ घरधुरी छन् । नारायणी नदीको पानी गाउँमा पसेका कारण सबै घरधुरीसहित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बिओपी) र सीमा प्रहरी चौकी पनि डुबानमा परेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

सशस्त्रको बिओपी र सीमा प्रहरी चौकी समेत डुबानमा परेपछि हतियारसहित अन्य सामान र सुरक्षाकर्मीलाई पनि सुरक्षित स्थानमा राख्ने तयारी भएको प्रजिअ पाठकले बताए । डुबानमा परेका स्थानीय र सुरक्षाकर्मीलाई गाउँपालिकाले निर्माण गरेको सामुदायिक भवन, स्कुल र अग्लो स्थानमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

सुस्ता गाउँ ३ तर्फबाट भारतको विहार प्रदेशसँग जोडिएको छ । पश्चिमतर्फ नारायणी नदी छ । नदीमा पानी बढेकाले डुंगा चलाएर आफ्नै देशको थप सुरक्षित स्थानमा लैजान असम्भव छ । अग्लो स्थानसमेत डुबानमा परे उनीहरुलाई भारतका अन्य सुरक्षित स्थानमा लैजानुको विकल्प छैन ।

salt training

कमेन्ट गर्नुहोस्