१६ असार २०८३, मंगलबार

विपद्मा परी कर्णालीमा वैशाखयता २५ जनाको मृत्यु, २३ घाइते

साउन ६, २०७७
विपद्मा परी कर्णालीमा वैशाखयता २५ जनाको मृत्यु, २३ घाइते
फाइल फोटो

विभिन्न विपद्मा परेर कर्णाली प्रदेशका १० जिल्लामा वैशाख १ गतेदेखि हालसम्म २५ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाका अनुसार बाढी, पहिरो, चट्याङजस्ता विपद्मा परेर २५ जनाको ज्यान गएको हो भने २३ जना घाइते भएका छन् ।

‘नयाँ वर्षको शुरूवात भएसँगै हालसम्म जाजरकोटमा १३ जना, सल्यान र रुकुम पश्चिममा ४/४ जना, कालिकोट र सुर्खेतमा २/२ जनाको मृत्यु भएको छ,’ उनले भने, ‘हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ । जाजरकोटमा १९० घरमा क्षति पुगेको हुँदा यो संख्या बढी देखिएको हो ।’

वैशाखदेखि विपद्मा परेर ५९ वटा चौपायाको ज्यान गएको छ भने ४ चौपाया बेपत्ता भएका छन् । कर्णालीमा पहिरोले सडक अवरुद्ध पारेको छ । 

विपद्का कारण अनुमानित ६ करोड ६५ लाख ५३ हजार ७९० रुपैयाँ क्षति भएको उनले बताए । 

प्रदेश प्रहरी कार्यालयबाट प्राप्त विवरण

salt training

कमेन्ट गर्नुहोस्