
बुटवलको होटलमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बुटवल–४ स्थित गण्डकी सिरक डसना पसलमा काम गर्ने मजदुरहरू गत बुधबार नेपाल आएका थिए।
पीसीआर जाँच गरेपछि मात्र काममा लगाउने भनेर उनीहरू होटलमा बस्दै आएका थिए। स्वाब जाँच गर्दा उनीहरुको रिर्पोट पोजेटिभ आएको बुटवल उपमहानगरपालिकाका बरिष्ठ जनस्वास्थ्य अधिकृत कुन्दन सिंहले जानकारी दिए।
उनीहरू बुटवलको पुरानो बसपार्क स्थित पूर्वाञ्चल होटलमा ७ गते देखि बस्दै थिए। पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई बुटवल धागो कारखाना रामनगरमा रहेको आइसोलेसन अस्पतालमा राखिएको सिंहले जानकारी दिए।
अहिले पुरानो बसपार्कमा रहेको पूर्वाञ्चल होटललाई सील गरिएको छ। होटलमा ४ जना कामदारलाई समेत क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको कोरोनाको लक्षण देखिएको छैन।