
लियोनेल मेसीले आफ्नो ऐतिहासिक छैटौँ विश्वकप प्रतियोगितालाई अझ बढी अविस्मरणीय बनाएका छन् । अल्जेरियाविरुद्ध जारी खेलको ७६ औँ मिनेटमा अर्को उत्कृष्ट गोल थप्दै कप्तान मेसीले विश्वकप इतिहासमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरेका हुन् ।
यसअघि खेलमा दुई गोल गरिसकेका मेसीले ७६ औँ मिनेटमा ह्याट्रिक पूरा गरेसँगै विश्वविजेता अर्जेन्टिनाले अल्जेरिया विरुद्ध ३–० को आरामदायी र शक्तिशाली अग्रता बनाएको छ।
अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेसीले खेलकाे १७औं, ६०औं र ७६औं मिनेटमा गोल गरे ।
छैटाैँ पटक विश्वकप खेलेका मेसीले पहिलाेपटक ह्याट्रिक पूरा गरेका हुन् ।
ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् ।
विश्वकपमा १६ गोल गर्दै मेसीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानी बराबरी गरेका हुन् ।