×

NMB BANK
NIC ASIA

प्रहरी संक्रमित बढेपछि स्याङ्जामा कडाइ, पुतलीबजार बन्द

साउन १४, २०७७

NTC
Premier Steels

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि स्याङ्जा सदरमुकाम पुतलीबजार बन्द गरिएको छ ।

Muktinath Bank

नगरपालिका अत्यावश्यक सेवा बाहेकका कार्यालय पूर्ण रुपमा बन्द भएका छन् । यातायात आवागमनमा समेत रोक लगाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरभित्र कोरोना संक्रमण अरु फैलिन नदिने उद्देश्यले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नगरवासीलाई आग्रह गरिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार मंगलवारदेखि लागू हुने गरी १० दिनका लागि पुतलीबजार सील गरिएको हो ।

Vianet communication

जिल्ला कोरोना विपद व्यवस्थापन समितिको बैठकले नगरपालिकाभित्र निषेधाज्ञालाई कडाइ गर्ने निर्णय गरेको छ । सार्वजनिक तथा निजी सवारीसाधन, अत्यावश्यकबाहेक सम्पूर्ण पसल, उद्योगधन्दा बन्द गरिएको छ भने बैंक तथा वित्तीय संस्थाले नियन्त्रित भई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सेवाप्रवाह गर्नुपर्ने निर्देशन दिइएको छ ।

यद्यपि बिहान ६–९ बजेसम्म र बेलुका ५–७ बजेसम्म अत्यावश्यक सामग्री खरिदका लागि पसल खोल्न समयसीमा तोकिएको छ ।

पुतलीबजार नगरपालिकाले पनि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयको सेवाप्रवाह बन्द गरेको जनाएको छ । नगर प्रमुख सीमाकुमारी क्षेत्रीद्वारा जारी सूचनामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोरोना विपद् व्यवस्थापन समितिको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी कर्मचारीमा एकाएक कोरोना संक्रमण फैलिएपछि सुरक्षा व्यवस्था अपनाउनुपरेको हो । सोमवारसम्म जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षकसहित २१ जना प्रहरी कर्मचारीमा कोभिड–१९ देखिएकोमा सो संख्या थपिएर मंगलवार ३७ पुगेको छ ।

पुतलीबजार नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेका अनुसार मंगलवार १६ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । साथै १ थुनुवा र १ जना प्रहरीको छोरीमा पनि संक्रमण देखापरेको छ । उनी प्रहरी कार्यालयमै अभिभावकसँग बस्थिन् ।

पुतलीबजारमा हालसम्म प्रहरीसहित करीब ५० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । तीमध्ये ५ जना निको भएर घर फर्केका छन् ।

गण्डकी प्रदेशमा हालसम्म १ हजार ४३५ कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये ४ जनाको मृत्यु भएको छ भने १ हजार २१७ जना डिस्चार्ज भइ घर फर्केका छन् । 

प्रदेश सदरमुकाम पोखरामा हुने ल्याब परीक्षणमा हालसम्म २४ हजारको नमूना संकलन गरिएको छ । बुधवार मात्र स्याङ्जा, बागलुङ, म्याग्दी र तनहुँमा गरी ५ जना नयाँ संक्रमित फेला परेका छन् । तीमध्ये म्याग्दीका २ जना छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x