१६ असार २०८३, मंगलबार

जब ओमप्रकाश यादवले मजाक गरेर साथीलाई उचालेर पछारे...

साउन २६, २०७७
जब ओमप्रकाश यादवले मजाक गरेर साथीलाई उचालेर पछारे...

रुपन्देहीमा मदिरा सेवन गरी दुई साथीबीच हाँसिमजाक गर्दा एक जनाको ज्यान गरेको छ । रूपन्देहीको सियारी गाउँपालिकामा वडा नम्बर २ सितापुर बस्ने ४६ वर्षीय ओमप्रकाश यादवले स्थानीय जंगबहादुर बेलदार ५५ वर्षीयलाई उचालेर पछार्दा ज्यान गएको हो ।

यादवले कतिको क्षमता छ भनेर उछालेर लगाउँदा बेदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खडगबहादुर खत्रीले जानकारी दिए ।  दुवै जना मदिरा सेवन गरेर आइतबार राति हाँसिमजाक गरेका थिए ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी हाँसीमजाक गर्ने क्रममा उचालेर पछार्दा जंगबहादुर बेलदारको ढाड र कम्मरमा चोट लागेको थियो । त्यसपछि उपचारका लागि मेडिकल कलेज भैरहवामा उपचारका क्रममा सोमबार बेलदारको मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले लोकान्तरलाई जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्