११ साउन २०८३, सोमबार

मलामी युवक महाकालीमा बेपत्ता

भदौ १, २०७७
मलामी युवक महाकालीमा बेपत्ता
प्रतिकार्यात्मक तस्वीर।

मलाम गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन्। 

भीमदत्त नगरपालिका–९ बस्ने आफन्तको सोमबार मलाम गएका वेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन्।

अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा  उनी नदीको वहाबमा परी बगेका हुन्। ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

बिहान करीब ९ बजे बेपत्ता भएका साउदको खोजी जारी रहेको सीमाचौकी ब्रह्मदेवका प्रहरी नायब निरीक्षक जनकराज जोशीले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्