
झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार साह १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीपछि इटहरीस्थित आयोगको टोलीले उनीमाथि निगरानी बढाएको थियो ।
आयोगको टोलीले वडा सचिव साहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सोही वडाको एक होटलबाट नियन्त्रणमा लिएको हो।
थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।