०६ असार २०८३, शनिबार

उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

भदौ २, २०७७
उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

पोखरामा सोमवार राति उपचारका क्रममा मृत्यु भएकी ५० वर्षीया महिलामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । 

सेवा अस्पतालमा गत शनिवार भर्ना भएकी तनहुँको व्यास नगरपालिकाकी महिलाको सोमवार राति मृत्यु भएको थियो । 

आएकै दिन उनको स्वाब नमूना संकलन गरी क्षयरोय उपचार केन्द्रको ल्याबमा पठाइएकोमा मंगलवार बिहान कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ  ।

सेवा अस्पताल स्रोतका अनुसार गत शनिवार दिउँसो अस्पतपाल आएकोमा उनको अवस्था गम्भीर थियो । उनमा निमोनियाको लक्षण देखिएको थियो ।

अन्य अस्पतालले भर्ना लिन नमानेपछि उनलाई सेवा अस्पतालमा भर्ना गरिएको बताइएको छ । शव अहिले पनि अस्पतालमै छ । 

अन्त्येष्टिका लागि प्रदेशस्तरीय सीसीएमसीको बैठक बसिरहेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । गण्डकीमा योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । तनहुँ जिल्लाको भने यो पहिलो मृत्यु हो । 

salt training

कमेन्ट गर्नुहोस्