×

NMB BANK
NIC ASIA

कुशे औंशी विशेष

बुवा : मलाई मभन्दा बढी माया गर्ने भगवान्

भदौ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पितृ देवो भवः
अर्थात् पिता नै भगवान् हुन् ।

Muktinath Bank

पिता शब्दको अर्थलाई कुनै शाब्दिक परिभाषाले वर्णन गर्नु न्यायसंगत नहोला । पिता अवर्णित स्वरूप हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शास्त्रले पितालाई भगवान्को दर्जा दिएको छ । जसले हामीलाई संसार देखाए आज उनै बुवाको मुख हेर्ने दिन । पिता, ड्याडी, बुवा, बाबा, बा जे भने पनि यसको अर्थपूर्ण भाव भनेको भगवान् नै हो । जब प्रत्येक वर्ष बुवाको मुख हेर्ने दिन आउँछ, तब सर्जक बुद्धिसागरको ‘कर्णाली ब्लुज’ सम्झिन्छु । कर्णाली ब्लुज छोराको आँखाबाट पिताको संघर्ष देखाउने उपन्यास हो । 


Advertisment
Nabil box
Kumari

पिताका यादहरूलाई समेटेर संस्मरण लेख्ने आट गरे । अहँ, कलम डेग चलेन । मानसपटलको सूचना गृहमा मेरा बासँगका अन्तरंग सानो थोप्लो बराबरको रहेछन् । तन्काउन पनि सकिएन । 

Vianet communication
Laxmi Bank

आफ्ना बासँगका अनुभव नहुनु एक छोराका लागि कति पीडाको पल होला । मनमा कहिलेकाहीँ खट्किन्छ सायद बा भएका भए जीवनमा अनुभवको संगालोले अर्को फड्को मार्थ्यो । बा हुँदा हुन् त कता–कता घुम्न गइन्थ्यो, के–के गरिन्थ्यो । बाको थोत्रो साइकलमा पूरै बजार घुमिन्थ्यो भन्ने पनि कता–कता लाग्छ । न बाले छोराको युग हेर्न पाए, न छोरोले बाको युग हेर्न पायो । बस यहीँ कुराले मनमा चिसो पलाउँछ ।

मलाई लाग्छ मान्छेलाई आफूसँग नभएको चिजको बढ्ता महत्त्व हुने रहेछ । बाको भौतिक शरीरसँग वार्तालाप नरहे पनि ‘मुख्य कपी’लाई ‘फोटोकपी’ले कसरी भुल्न सक्छ र ?

पिता भन्ने बित्तिकै अरुका लागि बाल्यकालदेखि अहिलेसम्मको जीवन भन्ने ठहरिन्छ होला । पंक्तिकारका लागि बाल्यकालको शुरूको समय भनेर बुझाउँछ । सायद बालापनमै बुवासँगको वियोगले होला अलिअलि धमिलो अनुहारको तस्वीर आँखा अगाडि आउँछ तर केही यादगार पलहरू प्रस्टै छन् । 

बुवा भन्ने बित्तिकै मानसपटलमा एक सुपर मोडल, हरेक चाहना पुर्‍याइदिने शक्ति, बाल्यकालको पहिलो साथी र आफूसँगै खेल्ने एक मितेरी भनेर चिन्छु । खल्तीभरि सुन्तला चकलेट, टन्नै खानेकुरा, खेलौनाका खात सम्झ्यो भने बुवाकै झझल्को आउँछ । खाना खाइसकेपछि झमक्क रात पर्दा मेरो घोडा बनेर सफारी गराउने एक नादान प्राणी हुन् बुवा । कतै पिङ खेलेको देख्दा बुवाको तस्वीर आँखै अगाडि आउँछ । २ खुट्टामा राखी चचहुइइँ गर्दै पिङ खेलाउने एक कलावाज हुन् बुवा । संसारमा मलाई मभन्दा बढी माया गर्ने मान्छे बुवा मात्र हुन् ।

मेरा लागि पुराना चप्पल काटेर पांग्रा बनाई महिन्द्रा सफारी जीप बनाउने निर्माता हुन् बुवा । आक्रोश र रिसभित्र पनि माया लुकेको असल व्यक्तिका रुपमा चिन्छु । पिता र सूर्य उस्तै हुन् । केही तातो र कडा अवश्य हुन्छन् तर यी नभई संसार चल्दैन ।

मैले बाहरूमा पीडाको असीमित पहाड देख्छु । आफ्ना जहान बचेरा पाल्न गुड छोडेर परदेशिन कसलाई पो रहर लाग्दो हो र ? सन्तानमा खुशी ल्याउन आफ्ना सपनालाई बली चढाउने देउता नै हुन् बा ।

हजारौं पहाडले थिचिएको पीडा बुवाले चुपचाप सहन्छन् । बारम्बार रेटिएको मनलाई भित्रभित्रै सम्झाउँछन् । गधाझै जीवनभर भारी बोकेर पनि सन्तानका अगाडि हलुङ्गो महसूस गराउँछन् । जीवनमा पाएका पीडाले थिलथिलो भइसके तर त्यसको छनकसम्म पनि दिँदैनन् । 

सन्तानको पाइलामा पुष्पगुच्छा सिउँरिन बुवाले सधै काँडा माथिको यात्रा गरे । सोच्छु, भित्रभित्रै बुवा पनि कति रुँदा हुन् । तर सन्तानलाई आँसुको एक थोपा पनि महसूस गराउँदैनन् । धारिला चोट सहने बुवालाई आदत भइसक्यो । तर कहिल्यै ‘ऐया’ भनेनन् । बुवाको आँखामा आँसु यसरी संग्रहित छ, मानौं हिमपातझै फुट्ने हो भने आठौं महासागरको नाम बाकै नामले बन्छ होला । 

आफ्ना सन्तान र परिवारमा नैराश्यता न आओस् भनेर होला सायद बाले पीडालाई गाँठो पारिराखेका । पीडैपीडाको दलनमा न त बा रुन सक्छन्, न त खुलेर हाँस्न नै । २०० डिग्रीभन्दा चर्का तनावका डल्लाहरू बाले सहजै मुटुभित्रै साँचेर चुपचाप राख्दछन् र दुःख पर्दा कहिल्यै रुन जानेनन् । किन कि बालाई समाजमा रुन बर्जित छ । बा छोरो मान्छे हो मौनतासहित चोट सहनुपर्छ, रुन पाइँदैन । परिवारमा कसैलाई पनि केही होस्, जति ठूलो समस्या आइपरोस् सबैभन्दा पहिले बालाई सम्झिने गरिन्छ । लाग्छ सब ठीक हुन्छ, किन कि बा छन् । हाम्रा सारा समस्याको समाधन चुट्कीमै गर्ने बा एक सुपरम्यान हुन् ।

मुटुभित्र पीडाका लाखौं लेपनहरू भएर होला सायद ज्यादातर बुवाहरू ‘हार्ट अट्याक’ले स्वर्गको बाटो तय गर्छन् । सन्तानका लागि पिताले पाएका पीडालाई बटुल्ने हो भने पृथ्वी जत्रै अर्को ग्रहको पिण्ड बन्छ होला ।

जब एक सानो बालकको मुखबाट बुवा निस्किन्छ, तब एक पिताले संसारको सारा खुशी भोग गरेको महसूस गर्दछ । जब आफ्ना २ हातका बीचमा आफ्ना सन्तानलाई समेट्छ, तब पिताको खुशीको कुनै सीमा नै हुँदैन ।

जब एक पुरुष पिता बन्दछ, उसका सारा सपना भनेकै सन्तानको उन्नति रहन्छ । आफ्ना आकांक्षालाई तिलाञ्जलि दिई सन्तानको सुखप्राप्तिमा अहोरात्र खट्ने वीर पुरुष हो पिता । सन्तानको प्यास मेटाउन आफू मरुभूमि बन्ने पनि बुवा नै हुन् । सन्तानलाई चोट लाग्दा मल्हम बनेर लतपतिने पनि बुवा नै हुन् । आफ्ना बच्चाले दिएका हरेक पीडालाई सहजै सहने साइकिलको पाउदानी हुन् बुवा । सन्तानका हरेक चाहना पूरा गरिदिने पसल हुन् बुवा । हामीले नमागेर पनि हरेक माग सम्बोधन गर्ने सरकार नै पिता हुन् । आफूलाई ऋणी बनाएर छोराछोरीको भाग्य कोर्ने मैले बुवालाई मात्र देखेको छु । सन्तानको नजरमा जीवनको पहिलो शिक्षक, साथी, पहिलो अनुभव र जीवनको पहिलो तथा अन्तिम हिरो पनि पिता नै हुन् ।

हामीले लगाउने कपडाको धागोधागोमा पिताको पसिना हुन्छ । हामीले खाने अन्नको दानादानामा पिताको परिश्रम हुन्छ । हामीले चलाउने मोबाइलको स्क्रीनमा पिताकै पसिना हुन्छ । हाम्रो शरीरको सकल अस्थिपञ्जर पिताकै फोटोकपी हो । हामीभित्र बहने रगतको कणकणमा पिता भेटिन्छन् । 

पिता जीवन हुन्, दर्शन हुन्, हर्ताकर्ता हुन् । नयनले प्रस्ट देख्न र महसूस गर्न सकिने भगवान् नै पिता हुन् । पूरा सृष्टिमा पिता मात्र यस्तो व्यक्ति हुन्, जो आफ्नो सन्तान आफूभन्दा बढ्ता सफल र कामयाव होस् भन्ने चाहन्छन् ।

पिता भए सबथोक छ । दशैं छ, दिपावली छ, चाडवाड छ, रमझम छ, खानपान छ, नानाथरि भोजन छ, घरपरिवार मस्त छ, चारैतिर उल्लास छ । पिता भए बजारका खेलौना छन्, घुम्न जाने पार्क छ, घोडसवार छ, पिङ छ, मेला छ, छोरीका कानमा झुम्का छन्, आमाको आङमा सारी छ । छोराले चढ्ने भटभटे छ । 

यदि बुवा छैनन् भने केही छैन । यतिसम्म कि आमाको सिउँदोमा सिन्दुर समेत छैन । पिता छैनन् भने आँखामा आँसु मात्र छ ।

बाहरूलाई समाजले जहिल्यै ढुंगाको मन, ममता नभएको प्राणीको रुपमा चिन्छ । आफ्ना सन्तान र परिवारप्रति लाखौं योजना स्नेह भएर पनि देखाउन नसक्ने, भित्रबाट टुटेको प्राणी हुन् बुवा । हो बुवाको कमजोरी भनेकै माया प्रस्फुटन गर्न न आउनु हो । बाले आमालाई असीमित माया गर्छन् तर कहिल्यै देखाएनन् । किनभने बाले प्रस्ट बुझ्छन्, प्रेम भनेको दर्शन हो, प्रदर्शन होइन । 

सानो गुडिया जस्तो बच्चालाई बा हातमा खेलाउँछन्, दिनरात ख्याल राख्छन् । बिस्तारै बचेराहरू बढ्न थाल्छन् । पाखुरा बलिया हुन्छन् । पंख पलाउँछन् । हेर्दा हेर्दै हातमा खेलाएको बचेरो गुड छोडेर भुर्र उड्न थाल्छन् । 

जुन हातले छोरीलाई हुर्कायो, खानपान, लालनपालन गरेको मुटुको टुक्रालाई तिनै हातले पराईको घरमा अन्माउँदा बाको छाती कति भतभती पोल्दो हो । औला समाएर ताते गराएर गाउँ डुलाएको भर्खरै लाग्दो हो । उसैलाई कसैले लैजाँदाको बेला बाको मनमा कति ठूलो पहिरो जाँदो हो । बाको मनमा कति ठूलो आँधी आउँदो हो । हामी सोच्न पनि सक्दैनौं ।

बाका आँखामा समुन्द्रभन्दा ठूला छाल सुसाइरहेका प्रस्ट देखिन्छन् । यी सब बाले चुपचाप मुटुमाथि ढुंगा राखेर सहन्छन् । बा एक टक पनि रुँदैनन् । किनकि बा पुरुष हो र बालाई रुन बर्जित छ । ठूलाठूला पीडालाई सजिलै सहन सक्ने शक्ति सिर्फ बामा छ ।

डोलीमा अन्मिने बखत जब छोरीले रुँदै ‘बा समयमै औषधि खानु, खाना खान नछोड्नु, म फोन गरिरहुँला’ भन्छे, यो सुन्दा बाको मनमा कति रेक्टरको भूकम्प जाँदो हो ? कुनै सिस्मोग्राफले नापेर पनि नाप्न नसकिने । छोरी अन्माउँदाको बाको पीडाका सुनामीलाई शब्दमा झल्काउन सकिँदैन ।

एकैछिनमा हेर्दाहेर्दै बिहान–साँझ तातोपानी खुवाउने छोरी अलाप हुन्छे । यो सब टुलुटुलु हेरेर बस्नुको बासँग अर्को विकल्प रहन्न । बा लाचार रहन्छ र कपाल तानेर डाको छोडी रुन पनि सक्दैन । सारा पीडालाई मनभित्रै गथासो बनाएर राख्छ । उल्टै ओठमा कस्मेटिक मुस्कान दिइरहन्छ । किनकि बा पुरुष हो र बालाई रुन बर्जित छ । 

यति मात्र चोटले बालाई पूर्ति मिल्दैन । जब हुर्काएको छोरोले बालाई लात्ता हान्न शुरू गर्छ अनि भविष्य झलमल्ल देखेका बाले निमेश भरमै अन्धकारको महसूस गर्छन् । अनि बा कसरी हाँस्न सक्छन् ? कसरी रुन सक्छन् ?

पाखुरा बलिया भएपछि छोरोले बिर्स्यो सायद । काँधमा राखेर गाउँ डुलाएको, उसको निन्द्रा पूरा गर्न बा आफू रातभर जागै बसेको, आफूलाई खान मन छैन भन्दै भोकै बसेर उसको पेट भरेको, आफ्नो आङमा थोत्रो कपडा झुण्ड्याएर छोराको लागि नयाँ किनिदिएको, आफू नाङ्गै खुट्टा हिँडेर उसलाई हात्ती छाप चप्पल किन्देको । सायद सब बिर्सेछ छोरोले । 

बरु बर दिने देउतामा भक्तिको स्वार्थ रहला तर एक पितामा आफ्ना सन्तानप्रति रत्तिभर पनि स्वार्थ रहँदैन । आफ्ना पिताले आफूलाई दिएको जीवनको योगदान नबुझ्ने, आफ्ना लागि बाले पाएको कष्ट नबुझ्ने पाँडेहरूले अर्को १००० वर्ष बाँच्दा पनि बालाई बुझ्ने छैनन् । भक्त जति नै शक्तिशाली होस् तर भगवान् भन्दा दिव्य हुन सक्दैन । त्यसैले छोरो जान्ने हुन सक्छ तर बा जति मान्ने हुन सक्दैन ।

बाबाट हामीले धेरैथोक पाएका हुन्छौं तर हामी हिसाबकिताब त्यसैको गर्छौं जे पाएनौं । यदि हामीले आफ्ना बाआमालाई माया र सम्मान गर्न सकेनौं भने हामीले पनि आफ्ना सन्तानबाट माया र ईज्जत खोज्नु बेकार हो ।

पुराणले भन्दछ, ‘यदि पितामाता खुशी छैनन् भने जति पूजा गरे पनि त्यो पाप समान कहलिन्छ ।’ सन्तानको कारणले पिताको आँखामा आँसुका छाल बग्छन् भने त्यो सन्तानले रगतको आँसु सामना गर्नुपर्छ ।

सन्तानका रहरका लागि आफ्ना सपनाको आत्मदाह गर्ने, सन्तानको खुशीका लागि आफ्नै संसार भुलिदिने र सन्तानलाई सफल बनाउन अहोरात्र खट्ने पितालाई रछ्यानमा फाल्ने पुत्रले केही पाप गर्नै पर्दैन । यो नै हत्याभन्दा ठूलो पाप हो । हामीलाई जीवन दिने पितालाई बुढेसकालमा माया र साहारा दिन सकेनौं भने हामी बाँच्नुको त्यति ठूलो औचित्य पनि रहँदैन ।

आजभोलि पिताले कति सम्पत्ति जोडजाम गर्न सके त्यसकै आधारमा सन्तानले बालाई मायाको जोडघटाउ गर्दछ र सम्मान पनि त्यही अनुरुपको प्रकट गर्दछ । बच्चा हुँदा दिनरात नभनि लालनपालन गरे, हरेक प्रश्नका उत्तर झर्को नमानी दिए । आज छोरोलाई बासँग २ मिनेट बोल्न पनि झर्को लाग्छ । बिमारी बालाई अस्पताल लैजान पनि फुर्सद हुँदैन । सारा बजार किनिदिने, रङ्गीचङ्गी सपना पूरा गरिदिने बालाई एक धर्को कमिज किनिदिन पनि महंगो लाग्छ हामीलाई । छोरो घर बाहिर जाँदा कति खेर आउँला भनेर बाटोमै आएर कुर्ने बालाई बुढेसकाल लाग्दा देख्न नपाए हुन्थ्यो भन्ने ठान्छौं हामी ।

हामीले पिताका कुरा सुन्न जरुरी छ, किनकि पिता ती व्यक्ति हुन् । जसले हामीलाई त्यतिबेलादेखि सुन्दै–बुझ्दै आइरहेका छन्, जब हामी बोल्न पनि सक्दैनथ्यौं ।  

बाको सारा जीवन बच्चाको जिन्दगी बनाउनमै व्यतित हुन्छ र ठूलो भएर उसैले प्रश्न गर्छ, ‘तपाईले मेरा लागि के नै गर्नुभयो र ?’ आफूले हुर्काएको सन्तान यतिसम्म टुल्के भएपछि बाको ओठमा कसरी हाँसो फुल्छ र ? यस्ता प्रकारका प्रश्न प्रायः राक्षसी प्रवृत्तिका सन्तानले गर्छन् । आफ्ना बालाई घन मशिनले हिर्काएझै बराबरको पीडा दिने छोराले यो कुरा चाहिँ कसरी बिर्सन सकेको कुनै दिन त्यो पनि कसैको बाउ बन्छ भनेर ?

भगवान् र देउता खोज्न मन्दिर–मन्दिर चहार्नु पर्दैन, बुवाको चरण ढोगे पुग्छ । धर्म कमाउन लाख बत्ती बाल्नु पर्दैन, पहिले बुवाको मुहारमा उज्यालो ल्याए पुग्छ । बद्रीनाथ, केदारनाथ, पशुपतिनाथ, चार धाम, तीर्थ सबै पिता र मातामै गएर समाहित हुन्छन् । सप्तऋषि र तेत्तीसकोटी देउताको आशिर्वाद पनि मातापितालाई पुजेपछि मात्र तथास्तु हुन्छ । पिताको अजम्बरी आशिर्वादले नै स्वर्गको द्वार खुल्दछ । पिताको आशिर्वाद छ भने सबथोक छ छैन भने सबथोक भएर पनि केही छैन ।

वर्षमा १ दिन बुवाको मुख हेरेर वर्षभरि बालाई तथानामले दुःख दियो भने त्यो झन् ठूलो कुकर्म हो । १ दिन मुख हेरेर अर्को दिनबाट नहेर्न पाए हुन्थ्यो भन्ने सोच राख्नेले एकदिन मुख हेरेर किन ढोङ देखाउनु ? हेर्न आवश्यक छ बुवाले लगाएको गुन, हाम्रा लागि बुवाले पाएको पीडा । १ दिन मात्र दूधभात खुवाएर, १ दिन मात्र धूपबत्ती बालेर संस्कार बलियो हुँदैन । १ दिन सामाजिक सञ्जालमा फोटो पोतेर मात्र बुवाप्रतिको सम्मान झल्किँदैन । त्यो नगर्ने भन्ने होइन त्यो पनि आवश्यक छ तर त्योभन्दा महत्त्वपूर्ण त आज मात्र होइन, वर्षैभरि बुवाको मुहारमा कान्ति होस् । सदाबहार जीवनपर्यन्त बुवालाई खुशी र गौरवान्वित पार्न सके असलीमा बुवाको मुख हेरेको सार्थक ठहरिने छ ।
सम्पूर्ण बुवाहरूमा नमन् !

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x