०१ असार २०८३, सोमबार

मुख्यमन्त्री पाेखरेलकाे सुरक्षामा खटिने तीन प्रहरीमा काेराेना पुष्टि

भदौ ९, २०७७
मुख्यमन्त्री पाेखरेलकाे सुरक्षामा खटिने तीन प्रहरीमा काेराेना पुष्टि
फाइल फोटो।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिने एक प्रहरी हवल्दारसहित ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरका अनुसार उनीहरुमध्ये १ जना हवल्दार र २ जना प्रहरी जवान हुन्।

उनीहरु मुख्यमन्त्रीको स्कर्टिङमा खटिँदै आएका थिए।

मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको पीसीआर स्वाब परीक्षण गर्ने क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको राठौरले जानकारी दिए।

 

salt training

कमेन्ट गर्नुहोस्