
पोखरामा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा–१४ निवासी ५८ वर्षीय पुरुषको शनिबार बिहान ११ बजे निधन भएको हो ।
गत भदौ ७ मा शल्यक्रिया गरिएका ती बिरामीको ८ गते नमुना परीक्षणको लागि पठाइएकोमा भदौ १० मा कोरोना पुष्टि भएको थियो ।
कोभिड–१९ संक्रमित पुष्टिपछि उनलाई सोही दिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना गरिएकोमा शनिबार मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रतिष्ठानमा उपचाररत बिरामी मध्ये कोरोनाबाट मृत्यु हुने उनी सातौं हुन् । गण्डकीमा यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । पोखरामा शुक्रबार मात्रै एक संक्रमितको मृत्यु भएको थियो ।
