
कैलालीमा १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका-१ राजीपुर बस्ने २६ वर्षीय मिलन साउद रहेका छन् । उनलाई प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको हो ।
मिलनले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।