१२ असार २०८३, शुक्रबार

जबरजस्ती करणी अभियोगमा अर्का भूपू भारतीय सैनिक पक्राउ

भदौ १६, २०७७
जबरजस्ती करणी अभियोगमा अर्का भूपू भारतीय सैनिक पक्राउ
प्रतिकात्मक तस्वीर

एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरामा अर्का एक जना भूपू भारतीय सैनिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पोखरा–१० अन्नपूर्ण टोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय हरिबहादुर गुरुङ हुन् ।

गत भदौ १२ गते राति साढे ८ बजे स्थानीय २३ वर्षीया महिलालाई डर, धाकधम्की देखाई जबरजस्ती करणी गरेको कसूरमा उजुरी परेपछि कास्की प्रहरीले पोखरा–१० बाट सोमवार उनलाई पक्राउ गरेको हो । 

गुरुङविरुद्ध करणीसम्बन्धी कसूरअन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिन म्याद थपी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । 

पोखरामा सोमवार मात्रै पोखरा–१० मिलन टोलका भूपू भारतीय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङ पनि ९ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्