
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले कोरोना परिक्षण शुल्क तोकेको छ । अस्पतालले स्वेच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क निर्धारण गरेको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार स्वेच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि २ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
संघीय सरकारले ४ हजार ४ सय रुपैँया लिन सक्ने बताए पनि सेती अस्पतालले २ हजार ५ सय रुपैँयाँ शुल्क निर्धारण गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
तर कोरोना भाइरसको लक्षण भएका व्यक्ति, संक्रमितको सम्पर्कमा आएका व्यक्ति, परिवारका सदस्यसँगै सरकारले निर्देशिकामा तोकेका व्यक्तिको भने निःशुल्क कोरोना परीक्षण गरिने अस्पतालले जनाएको छ ।
