
प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले हुम्लाको सर्केगाड–७ ठूला गाउँका अग्नि पीडितलाई राहत दिएका हुन् ।
आगलागी भएको चार दिन पछि मन्त्री रावलले स्थलगत अवलोकन समेत गरेका छन् । अग्नि पीडितहरुलाई प्रदेश सरकारसँगै भएकाले आगलागीबाट भएको क्षतिका बारेमा चिन्ता नमान्न आग्रह गरेका छन् ।
मन्त्री रावलले त्रिपाल २० थान, कम्बल एक सय थान, म्याट ८० थान, हाइजिन किट २५ थान, प्लाष्टिक बाल्टी र जग २५÷२५ थान, भाडा सेट सात थान, चामल ४० बोरा, दाल एक सय केजी, नुन ५० केजी र कपडा ४६ थान लगेको सामाजिक मन्त्री रावलले जानकारी दिए । बुधबार साँझ स्थानीय जोखे जैसीको घरबाट शुरु भएको आगोले बामनबाडाका १५ घरमा क्षती भएको छ ।
तत्काल खान र बस्न समस्या भएकाहरुका लागि स्थानीय सर्केघाड गाउँपालिकाले बिहिबार राहत प्रति घर १२ हजारको दरले राहत वितरण गरेको सर्केघाड १ का वडा अध्यक्ष गोकुल बुढाले जानकारी दिए ।
‘सुख र दुःखमा साथ दिनकै लागी हामीलाई तपाईहरुले अमूल्य भोट दिएर निर्वाचित गराएकाले तपाईको जस्तोसुकै समस्यामा पनि साथमै छौ, चिन्ता नमान्नु होला’ मन्त्री रावलले भने, गरिब जनताको पक्षमा काम गर्न सरकार प्रतिबद्ध छ । यहाँहरुको समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरेर अघि बढ्ने छु ।



