१२ असार २०८३, शुक्रबार

छक्का–पञ्जाको सुटिङमा भेटिएका गिरी भन्छन्ः कलाकारले राजनीति गर्ने होइन

कात्तिक २०, २०७४
छक्का–पञ्जाको सुटिङमा भेटिएका गिरी भन्छन्ः कलाकारले राजनीति गर्ने होइन
काभ्रे, २३ वैशाख– फिल्म छक्का पञ्जाको सफतापछि अहिले दीपकराज गिरी र दीपाश्री निरौला छक्का पन्जा–२को सुटिङ मा व्यस्त छन् ।


छक्का पञ्जाको सिक्वले फिल्म छक्का पञ्जा–२ को सुटिङ अहिलो काभ्रेमा भइरहेको छ । काभ्रेको विभिन्न स्थानमा सुटिङमा व्यस्त रहेका दीपकराज गिरीले आफू काभ्रको विभिन्न लोकेशनको सुटिङमा सन्तुष्ट रेहेको बताए ।

कलाकारहरुसमेत निर्वाचनमा मत माग्नका लागि खटिएका बेला छक्का पञ्जा यूनिट भने सुटिङमा व्यस्त रहेको छ ।

चुनावले तपाईलाई प्रभाव परेन ? भनि सोधिएको प्रश्नमा निर्माता गिरी भन्छन्,‘ कलाकारले राजनीति गर्ने होइन, हामी त देशका गहना हौं । कुनै पार्टीको झण्डा बोकेर हिड्नु राम्रो होइन ।’गिरी भन्छन्,‘चुनावमा पार्टीको टिका लगाएर मात्र देश बन्दैन । आफ्नो क्षेत्रबाट हामीले सक्दो सहयोग गर्नुपर्छ, जुन हामीले फिल्म उद्योगबाट गर्न सक्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्