फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
रूपन्देहीको मायादेवी गाउँपालिकाकी स्वास्थ्य शाखाकी सहसंयोजक शर्मिला शर्मा विगत ५ महिनादेखि कोरोना भाइरस विरूद्धको संघर्षमा अग्रपंक्तिबाट लडिरहेकी छिन् ।
उनको हरेक दिनको ‘ड्युटी’ क्वारेन्टीन र आइसोलेसनमा बसेका व्यक्तिको अवस्था बुझ्नेदेखि संक्रमितको सम्पर्कमा आएकाको ‘कन्ट्याक्ट टेसिङ’ र स्वास्थ्य सामग्रीको व्यवस्थापनमा बित्ने गर्छ ।
उनकी ३ वर्षीया छोरी समेत छिन् । छोरीलाई माइतमा छाडेर उनी अहोरात्र महामारी विरूद्धको लडाइँमा खटेकी छन् ।
शर्मिलाको खटाइ कोरोना अस्पतालमा काम गर्ने नर्सको भन्दा फरक छैन । मायादेवी भारतसँग सिमाना जोडिएको स्थानीय तह हो । जहाँबाट दैनिक रूपमा लुकीछिपी नेपाल–भारत आवतजावत भइरहन्छ । जसले गर्दा संक्रमणको जोखिम बढी छ । तर ३५ वर्षीया शर्मिला महामारीविरूद्ध निर्भिकताका साथ आफ्नो जिम्मेवारी पूरा गर्न लागेकी छन् ।
‘शुरू शुरूमा त मनमा केही डरको आभास भयो । कोरोना लागेपछि मरिहालिन्छ भन्ने आममानिसको जस्तै मेरो पनि बुझाइ रह्यो । तर पछिल्लो समय सबैले सामान्य रूपमा लिएँ । स्वास्थ्यकर्मी भएपछि देशलाई अप्ठ्यारो पर्दा पछाडि हट्नु त भएन नि ? दूध खाने छोरीलाई माइतमा छाडेर महामारीमा खटिएकी छु,’ उनले भनिन् ।
काममा खटिँदा शर्मिलालाई छोरीको याद पनि पटक–पटक आइरहन्छ । तर यो बेलाको प्राथामिकता जनसेवा नै रहेको ठान्छिन् उनी । ‘महामारीमा खटिएकी स्वास्थ्यकर्मी हुँ’ भन्दा अहिले पनि गर्भको महसूस हुने शर्मिला बताउँछिन् ।
‘म त द्वन्द्वकालमा पहाडी जिल्ला म्याग्दीमा पनि काम गरेकी हुँ । त्यहाँ माओवादीको कति डर थियो । अहिले डर छैन । महामारीको विषम परिस्थितिमा यही सकारात्मक आत्मविश्वासले काम गर्ने हो, डराउने होइन,’ शर्मिला थप्छिन्, ‘काम गर्दा ढिलोचाडो मलाई पनि ‘पोजेटिभ’ देखिएला तर कुनै पनि हालतमा जिम्मेवारीबाट पन्छिने छैन । बरू लड्ने हो आत्मविश्वास लिएर यो भाइरसविरुद्ध ।’
उनी सरकारी सेवामा प्रवेश गरेको १७ वर्ष भयो । उनले २०६० सालमा बाग्लुङबाट अनमी (चौथो तह) बाट सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनी अहिले छैठौं तहमा पुगेकी छन् । सेवा प्रवेशको २ वर्ष उनले म्याग्दीको साविक पाखापानी गाविसको हेल्थपोस्टमा काम गरिन् । त्यहाँ उनले काम गर्दा मुलुकमा द्वन्द्वकाल थियो । सोही वर्ष तत्कालीन नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी बजारमा आक्रमण गरेको थियो ।
उनी भन्छिन्, ‘द्वन्द्वकाल म्याग्दीमा काम गर्दाको अनुभवदेखि महामारीमा खटिएको दुवै अनुभव सरकारी सेवामा गर्दा सगाल्न पाएँ । अब यो कोरोनाचक्रलाई स्वास्थ्यकर्मीसहित सचेत नागरिकले जुटेर नियन्त्रण गर्न सकिन्छ ।’
सरकारले केही दिन अघिदेखि ‘लकडाउन’ खुकुलो बनाएको छ । यस्तो बेला नागरिक, स्वास्थ्यकर्मी, चिकित्सक, जनप्रतिनिधि सबैको सचेतना आवश्यक रहेको उनी बताउँछिन् । मायादेवीमा ४६ जना स्वास्थ्यकर्मी अग्रपंक्तिमा खटिएका छन् । तीमध्ये १ जनालाई संक्रमण देखिए पनि अन्य सबै सुरक्षित भएर काम गरिरहेका छन् ।
विश्वका विभिन्न देशले कोभिड विरूद्ध खोप बनाएको दाबी गरिरहे पनि त्यसले हालसम्म आधिकारिकता पाउन सकेको छैन । कोरोनाको औषधि बने पनि नेपालमा तत्काल आउने सम्भावना देखिँदैन ।
शर्मिला र उनीसँगै काम गर्ने अर्की साथी कन्ट्याक ट्रेसिङमा परे । तर साथी भाडाको घरमा बस्ने गर्छिन् । कोरोना लागेकासँग सम्पर्कमा आएपछि घरधनीले बस्न नदिने डर भएपछि शर्मिलाले उनलाई पनि आफ्नै घरमा क्वारेन्टीन बस्न दिइन् ।
रूपन्देही कोरोनाको ‘हटस्पट’ जस्तै बनेको छ । स्वास्थ्य मन्त्रालयले जिल्लाको ‘रेडजोन’मा राखेको छ । जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने जिल्लाभर संक्रमितको संख्या १ हजार ३०० भन्दा बढी पुगिसकेको छ । तर भारतसँग सिमाना जोडिएको र बढी जोखिम रहेको भए पनि मायादेवीमा रुपन्देहीका अन्य स्थानीय तहमा भएका संक्रमितको तुलनामा संक्रमितको सख्या कम छ ।
मायादेवीमा हालसम्म ३६ जनालाई मात्र संक्रमण भयो । त्यसमध्ये ३० जना निको भएर घर फर्किसकेका छन् भने ६ जना संक्रमित कोही संस्थागत आइसोलेसन र कोही होम आइसोलेसनमा छन् । मायादेवीमा संक्रमण कम हुनुमा सबैको साथ सहयोग रहेको शर्मिला बताउँछिन् ।
हरेक व्यक्तिले अनिवार्य मास्क र भौतिक दूरी काम गर्न सके ९० प्रतिशत कोरोना नियन्त्रणमा आउने शर्मिलाको खटाइको अनुभवले सिकाएको छ । ‘सधै लकडाउन गरिराखेर पनि सम्भव हुँदैन । महामारीलाई नियन्त्रण गर्ने बल अब जनताको ‘कोर्ट’मा आएको छ,’ शर्मिलाले भनिन् ।
शर्मिलाको घर पनि मायादेवी–८ वजदिलुवामा पर्छ । उनका पति पनि स्वास्थ्यकर्मी नै हुन् । पति जिल्लाकै रोहणी गाउँपालिकाका अहेब हुन् । दुवै जना महामारीमा सँगै घरबाट निस्किन्छन् । साँझ घरमा जान्छन् । पति पनि स्वास्थ्यकर्मी भएकाले उनलाई परिवारबाट साथ र सहयोग मिलेको छ ।
अहिले मायादेवीमा नयाँ कोही व्यक्ति आएमा गाउँपालिकामा खबर गर्छन् । भारत र विदेशबाट आएकालाई घरमा छुट्टै कोठा भए घरमै क्वारेन्टीनमा र घरमा छुट्टै कोठा नहुनेलाई गाउँपालिकाले बनाएको क्वारेन्टीनमा राख्ने गरिन्छ । जेठ र असारमा ६ वटा क्वारेन्टीन बने पनि अहिले गाउँपालिकाको क्वारेन्टीन एउटा मात्र छ ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...