×

NMB BANK
NIC ASIA

विमानस्थलमा देखियो चहलपहल, पहिलो दिनको उडानमै यात्रु भरिभराउ

असोज ५, २०७७

NTC
Premier Steels

आन्तरिक उडान खुला भएसँगै पोखरा विमानस्थलमा पनि सोमवारदेखि चहलपहल शुरू भएको छ ।

Muktinath Bank

कोरोना भाइरस जोखिमसँगै गत चैत ११ गतेदेखि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण ६ महिनादेखि देशैभरका विमानस्थल सुनसान थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंबाट पोखराको लागि २ उडान भइसकेका छन् । बुद्ध एयरको जहाज ६ महिनापछि ५ बच्चासहित ५६ यात्रु बोकेर बिहान ८ः४५ बजे पहिलो पटक पोखरामा अवतरण भएको छ । 


Advertisment
Nabil box
Kumari

बुद्ध एयरका पोखरास्थित स्टेसन इञ्चार्ज गौतम बरालका अनुसार कूल ७२ सिटे जहाज आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै ५६ यात्रु आएकोमा पुनः पोखरा–काठमाडौं उडानका लागि ९ः४५ बजे ५८ यात्रु बोकेर उडेको छ । यात्रुको चाप हेरेर आगामी दिनमा बिस्तारै उडान संख्या बढाउँदै जाने गौतमले बताए । 

Vianet communication

बुद्धपछि काठमाडौंबाट पोखराका लागि यति एयरलाइन्सले उडान भरेको हो । ३० सिट क्षमतामा सबै सिट भरिएको थियो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार देशभर यतिले पोखरा, भद्रपुर, नेपालगञ्ज, भैरहवा, जनकपुर, भरतपुर, विराटनगर र वीरगञ्ज गरी १० उडान भर्दैछ । 

काठमाडौं–पोखरा उडान भरेका बुद्ध र यति काठमाडौं फर्किसकेकोमा दिउँसो ३ बजेपछि पुनः पोखराका लागि उडान भरेर काठमाडौं फर्किने तालिका रहेको पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार प्राधिकरणको अनुमतिसँगै कोरोना भाइरसविरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उडान थालिएको हो । उनका अनुसार विगतमा हवाइजहाज, हेलिकप्टर र अल्ट्रालाइट गरी १०० वटासम्म उडान हुने गर्दथे । विमान कम्पनीबाट सरदर ४० उडान हुने गरेको थियो । जसमा काठमाडौं–पोखरा सरदर २२ देखि २५, पोखरा–जोमसोम ८ देखि १०, पोखरा–भैरहवा २, पोखरा–भरतपुर १, पोखरा–विराटनगर १ वटासम्म उडान हुने गर्दथ्यो । 

बुद्ध एयरबाट पोखरा ओर्लिएका यात्रु जितेन्द्रप्रसाद कलवारले लामो समयपछि जहाज चढ्दा नौलो अनुभूति भएको प्रतिक्रिया दिए । काठमाडौंका कलवार पोखरामा व्यापारका सिलसिलामा विगतमा पनि जहाजबाटै पोखरा आइरहन्थे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्न एयरलाइन्सलाई अनुमति दिएसँगै करीब २५ प्रतिशत संख्यामा उडान भर्न थालिएको हो । 

विमानस्थलको भीड व्यवस्थापन तथा माग आधारमा उडानको कोटा निर्धारण गरिएको छ । उडान गर्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ । विमानस्थलभित्र ‘वास प्वाइन्ट’ राख्नुपर्ने छ भने ‘फेसशिल्ड’ समेत विमान कम्पनीले यात्रुलाई उपलब्ध गराउनुपर्नेछ । जसको लागत यात्रुको टिकटमै जोडिएको हुन्छ । 

कोरोना भाइरसको संक्रमणसँगै शुरू भएको लकडाउनले बन्द रहेको आन्तरिक तर्फको नियमित उडान खुले पनि अवस्था हेरी हाललाई न्यूनतम संख्यामा मात्रै उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीले जनाएका छन् । 

भदौ १ गतेदेखि नै आन्तरिक तर्फका उडान खोल्ने तयारी भए पनि विमान कम्पनीले क्षमताअनुसार यात्रु बोक्न नपाउने सरकारी शर्तका कारण उडान रोकेका थिए । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजेन्द्रकुमार क्षत्रीका अनुसार यात्रु चाप भएको क्षेत्रमा उडान भर्ने गरी विमान कम्पनीले अनुमति पाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x