०१ असार २०८३, सोमबार

बाढीले बगायो गाडी, एकको मृत्यु, दुई बेपत्ता

असोज ७, २०७७
बाढीले बगायो गाडी, एकको मृत्यु, दुई बेपत्ता
फाइल तस्वीर

कपिलवस्तुमा नेपाल विद्युत प्राधिकरणको गाडी स्थानीय मोतीपुर खोलाले बगाउँदा १ जनाको मृत्यु भएको छ । यस्तै अरु दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा नगरपालिकास्थित मोतीपुर खोलाले बा १ ञ १०८९ नम्बरको गाडी बाढीले बगाउँदा चालक माधव पाण्डेको मृत्यु भएको हो । यसैगरी विद्युत प्राधिकरण जीतपुर वितरण केन्द्रका इन्चार्ज कृष्ण पौडेल र शितगंगा नगरपालिका वडा नम्बर १३ का केशव प्रसाद भाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारीले जानकारी दिए । 

प्राधिकरणको आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियन प्रदेश ५ की अध्यक्ष कल्पना थापाले कडेरिया भन्ने ठाउँमा ट्रान्सफर्मर मर्मत गरेर फर्किदै गरेको गाडी गाडी बाढीले बगाएको बताइन् । गाडीमा ६ जना सवार थिए । अन्य तीन जना भने हाम फालेर बाँच्न सफल भएका छन्  ।  

salt training

कमेन्ट गर्नुहोस्