
अख्यितार दुरुपोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले शनिवार सब डिभिजन बन कार्यालय मुर्गिया, रुपन्देहीका बन रक्षक प्रेमचन्द्र बिकलाई १२ हजार घुस रकम सहित पक्राउ गरेको छ ।
काठ ओसारपसारमा सहजीकरण गरिदिए भन्दै सेवाग्राहीबाट लिएको १२ हजार रुपैयाँसँगै अख्यितारले विकलाई रंगे हात पक्राउ गरेको अख्तियार कार्यालयका प्रवक्ता सुरेश भुसालले पुष्टि गरे ।
विकलाई सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनीचोकबाट नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भईरहेको अख्यितारले जनाएको छ ।
शुक्रवार पनि अख्तियारले ४ लाख घुस सहित इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवलदार शिवचन्द्र साहनी र उनकी श्रीमतीलाई पक्राउ गरेको थियो ।