१४ असार २०८३, आइतबार

ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

कात्तिक १, २०७७
ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

स्याङ्जाको भीरकोटमा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते छन् । 

मृत्यु हुनेमा भीरकोट नगरपालिका वडा ३ बस्ने २० वर्षीय विपीन जिटी हुन् । 

शनिबार बिहान करिब १० बजे भीरकोटको सामदीस्थित भित्री कच्ची सडकखण्डमा ग १ त ५६३७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिँदा ती युवकलाई इञ्जिनले च्यापेको थियो । 

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले र्‍याकरको मद्दतमा इञ्जिनबाट उनको शव बाहिर निकाली पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा अर्का एक १७ वर्षीय सुनिल रिजाल घाइते भएका हुन् । उनलाई उपचारार्थ जिल्ला अस्पताल स्याङ्जा पठाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्