१७ असार २०८३, बुधबार

आस्था राउतको दशैं उपहार : यानी माया

कात्तिक २, २०७७
आस्था राउतको दशैं उपहार : यानी माया

गायिका आस्था राउतको एल्बम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । गीतमा महाराज थापाको एरेन्ज छ ।

भिडियोमा कविता नेपाली, गौरभ विष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठ फिचर्ड छन् ।

हिमाली इन्फ्रा टिमको निर्देशन, छायांकन र सम्पादन रहेको भिडियोमा हरिबहादुर राउत र म्यूजिक नेपालको लगानी छ ।

भिडियोमा अनिमा लामाको कोरियोग्राफी छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्