
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुने भएको छ। पार्टीका अनुसार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको छ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भई सहमतिको प्रयासका कारण निर्धारित समयभन्दा लम्बिँदै ६ दिनपछि सम्पन्न भएको थियो। महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने बाँकी ५१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ।