
नेपाली चलचित्र ‘गौँथली’ आजदेखि देशभर प्रदर्शनमा आएको छ।
कपिल रिजालको निर्देशनमा बनेको चलचित्रले नेपाली ग्रामीण समाजको यथार्थ कथा प्रस्तुत गरेको छ। विशेषगरी २०६० सालअघि ग्रामीण क्षेत्रमा धेरै महिलाले भोग्नुपरेका पारिवारिक र सामाजिक अवस्थालाई कथावस्तु बनाइएको रिजालले बताए ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।