०५ साउन २०८३, मंगलबार

अनुकूलतामा हौसिने र प्रतिकूलतामा निराश हुने पार्टी एमाले होइन : केपी ओली

साउन १, २०८३
काठमाडौं
अनुकूलतामा हौसिने र प्रतिकूलतामा निराश हुने पार्टी एमाले होइन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताएका छन् ।

पार्टीको नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिकीकरण कार्यक्रममा शुक्रबार उनले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने नगर्ने बताएका हुन् ।

'एमाले जस्तोसुकै चुनौतीहरूको सामना गर्दै ती चुनौतीहरूलाई पराजित गर्दै अगाडि बढ्छ,' उनले भने, 'नेकपा एमाले परिस्थितिसँग आत्तिने अथवा मात्तिने गर्दैन, अनुकूलता आयो भने हौसिने र अलिकति प्रतिकूलता आयो भने निराश हुने पार्टी एमाले होइन, हरेक परिस्थितिहरूमा हामीले  जितेका छौं, सामना गरेका छौं र अगाडि बढेका छौं, बढ्छौं ।

salt training

कमेन्ट गर्नुहोस्