
कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिका कारण अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएपछि गरिएको उद्धार उडान तथा उडान सहज गरिएपछि भएको नियमित उडानबाट हालसम्म १ लाख १२ हजार ८२४ नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार आइतबारसम्म ३२ देशबाट ती नेपाली स्वदेश फर्किएका हुन् । फर्किनेमा ठूलो संख्याका नेपाली खाडी मुलुकबाट रहेका छन् ।
आइतबारमात्र पनि चीन, मलेसिया, कतार, टर्की युएई लगायतका मुलुकका उडानहरूबाट नेपाली फर्किएका छन् ।

