×

NMB BANK
NIC ASIA

राउटेको नाममा प्रतिस्ठान बन्ने, प्रदेश सरकारले २ हजार भत्ता थप्ने

कात्तिक ९, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे जातीको संरक्षण गर्न भन्दै प्रतिष्ठान बनाउने भएको छ ।

Muktinath Bank

दशैँको अवसरमा राउटेलाई खाना खुवाउन दुइ मन्त्री सहित शनिबार चिंगाड गाउँपालिका वडा नं. ४ मा पुगेका मुख्यमन्त्री शाहीले कर्णालीको गहनाका रुपमा राउटेलाई बुझेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राउटेलाई भात पकाएर खुवाएका मुख्यमन्त्री शाहीले उनीहरुलाई संघीय सरकारबाट आउने तीन हजारमा प्रदेश सरकारले दुइ हजार थप गर्ने घोषणा गरे ।


Advertisment
Nabil box
Kumari

हाम्रो गर्व गर्न लायक यो समूदायको संरक्षण गर्न सरकार तयार छ । मुख्यमन्त्री शाहीले लोकान्तरसँग भने, उनीहरुका लागि आँगनमै रहेको सरकारले थप दुइ हजार रकम दिन्छ । त्यो रकमबाट राउटेको जीवन शैली नै परिवर्तन गर्न सकिन्छ कि भन्ने हाम्रो मनसाय हो ।

Vianet communication

मुख्यमन्त्री शाहीले राउटेको पहिचान राखी राख्न प्रतिष्ठान नै गठन गर्ने बताए । हाम्रो पुर्खा पनि त्यस्तै थिए । विस्तारै उहाँहरु हाम्रो जस्तै बन्नु हुन्छ । अहिले भत्ता दिन्छौं पछि उहाँहरुको लागि हामीले डाक्टर र अधिकृत तहका कर्मचारी खटाउँछौँ । त्यसकालागि हामी एक प्रतिष्ठान गठन गर्छौं ।

यता, सामाजिक विकास मन्त्री दल रावलले सरकार राउटे कर्णालीको गहना भएको बताउँछन् । हामी यो समुदायलाई अहिले यस्तै रहन दिने बरु उनीहरुका आवश्यकता परिपूर्ती गर्ने पक्षमा छौं । उनी लोकान्तरसँग भन्छन्, अबको हाम्रो लक्ष्य भनेकै राउटेले माग्न नपरोस् भन्ने हो । सुरुको चरणमा हामी उनीहरुलाई फकाउँछौँ ।

उनले कर्णाली प्रदेशका सामुदायिक बनसँग सहकार्य गरेर भएपनि उनीहरुको सीप र कलालाई पर्यटनको हिसाबमा अगाडी बढाउने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x