१९ असार २०८३, शुक्रबार

राउटेको नाममा प्रतिस्ठान बन्ने, प्रदेश सरकारले २ हजार भत्ता थप्ने

कात्तिक ९, २०७७
राउटेको नाममा प्रतिस्ठान बन्ने, प्रदेश सरकारले २ हजार भत्ता थप्ने

कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे जातीको संरक्षण गर्न भन्दै प्रतिष्ठान बनाउने भएको छ ।

दशैँको अवसरमा राउटेलाई खाना खुवाउन दुइ मन्त्री सहित शनिबार चिंगाड गाउँपालिका वडा नं. ४ मा पुगेका मुख्यमन्त्री शाहीले कर्णालीको गहनाका रुपमा राउटेलाई बुझेको बताए ।

राउटेलाई भात पकाएर खुवाएका मुख्यमन्त्री शाहीले उनीहरुलाई संघीय सरकारबाट आउने तीन हजारमा प्रदेश सरकारले दुइ हजार थप गर्ने घोषणा गरे ।

हाम्रो गर्व गर्न लायक यो समूदायको संरक्षण गर्न सरकार तयार छ । मुख्यमन्त्री शाहीले लोकान्तरसँग भने, उनीहरुका लागि आँगनमै रहेको सरकारले थप दुइ हजार रकम दिन्छ । त्यो रकमबाट राउटेको जीवन शैली नै परिवर्तन गर्न सकिन्छ कि भन्ने हाम्रो मनसाय हो ।

मुख्यमन्त्री शाहीले राउटेको पहिचान राखी राख्न प्रतिष्ठान नै गठन गर्ने बताए । हाम्रो पुर्खा पनि त्यस्तै थिए । विस्तारै उहाँहरु हाम्रो जस्तै बन्नु हुन्छ । अहिले भत्ता दिन्छौं पछि उहाँहरुको लागि हामीले डाक्टर र अधिकृत तहका कर्मचारी खटाउँछौँ । त्यसकालागि हामी एक प्रतिष्ठान गठन गर्छौं ।

यता, सामाजिक विकास मन्त्री दल रावलले सरकार राउटे कर्णालीको गहना भएको बताउँछन् । हामी यो समुदायलाई अहिले यस्तै रहन दिने बरु उनीहरुका आवश्यकता परिपूर्ती गर्ने पक्षमा छौं । उनी लोकान्तरसँग भन्छन्, अबको हाम्रो लक्ष्य भनेकै राउटेले माग्न नपरोस् भन्ने हो । सुरुको चरणमा हामी उनीहरुलाई फकाउँछौँ ।

उनले कर्णाली प्रदेशका सामुदायिक बनसँग सहकार्य गरेर भएपनि उनीहरुको सीप र कलालाई पर्यटनको हिसाबमा अगाडी बढाउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्