
इन्दु तोदी
साँचो देव- जल,थल,नभ,पवन,अग्नि यि पंचतत्वको पुजा हो पर्व छठ,
गर्छन् उपासना नर नारी तन,मन,विचारहरुको विकार लाई गरी नष्ट,
देखावटिपन ,अभिमान जस्ता कारक हुंदैनन् जसमा प्रकट ,
मेलमिलाप भाइचारा को सन्देश दिने चाड़ , मिलाउँछ सबको घट
एकै रविको एकै साथ आराधना राजा ,प्रजा,नीच, उंच ,गोरा, काला सबै गर्छन् एक घाट छोड़ी सबै भेदमत !
छैन विकृत पक्ष , हुन्छ सब को आश पुर्ण त्यसैले त भक्त हुंदैंछन् उनि प्रतिको प्रेम मा रत!
उदाउँदो सूर्य लाई त नमन गर्छ हर कसैले तर यस पर्वले सिखाउंदछ डुब्दै गरेको अगाड़ी हुनु नत !
समावेशी चाड यसले विविध पिडा, भेदभाव बाट पोलिरहेको घामलाई गरी छाड्छ अस्त !!
धरान