१८ असार २०८३, बिहीबार

यी दुई गल्ती गर्ने पुरुष छिट्टै पतनतिर जान्छन्

मंसिर २१, २०७७
यी दुई गल्ती गर्ने पुरुष छिट्टै पतनतिर जान्छन्

केही गल्ती क्षम्य हुन्छन् भने केही गल्ती यस्ता हुन्छन्, जसले पूरै जीन्दगी नै बर्बाद गर्छन् । त्यसैले जीवनमा हरेक कुराको निर्णय गर्दा धेरै सोँच विचार गर्नुपर्दछ । चाणक्य नीति अनुसार पुरुषहरुको पतनका लागि दुई प्रमुख गल्तीका बारेमा उल्लेख गरिएको छ । 

चाणक्य नीतिको १२ औँ अध्यायको १६ औँ श्लोकमा २ यस्ता गल्तीबारे बताइएको छ, जसले मानिसको पूरै जीवन ध्यस्त हुन्छ । चाणक्य नीतिमा आचार्य कौटिल्यले भनेका छन्, ‘हरेक मानिसहरु यी २ गल्तीबाट बच्नुपर्छ । जो मानिस बिना सोँच बिचार र थोरै समयको सुखको पछि लागेर कुनै पनि काम गर्छ, ती व्यक्तिहरु सम्हालेर रहनुपर्छ ।’

अनालोच्य व्ययं कर्ता चानाथः कलहप्रियः।
आर्तः स्त्रीहसर्वक्षेत्रेषु नरः शीघ्रं विनश्यति।।१९।।

चाणक्य नीतिको यस श्लोकमा भनिएको छ सधै सोच बिचार गरेर कुनै पनि काम गर्नुपर्छ । चाणक्य नीतिका अनुसार बिना सोचबिचार खर्च गर्ने अनाथ बन्छ , अर्थात एक समयपछि यस्तो मानिसलाई अरुले साथ दिदैनन् । यस्ता मानिसको धेरै समय एक्लै बित्छ ।

दोस्रो गल्तीको बारेमा चाणक्य नीतिमा भनिएको छ झगडालु तथा सबै जातकी स्त्रीहरुलाई पाउने इच्छा राख्ने व्यक्तिको पनि चाडै पतन हुन्छ । यसको मतलब नचाहिदो खर्च गर्नेवाला जसको कोहि पनि आफ्नो छैन, जो झगडालु स्वभावको छ र स्त्रीहरुको पछि लाग्छ, यस्तो व्यक्तिको शीघ्र नै पतन हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्