
समस्त हिन्दुहरुले दशमीलाई असत्यमाथि सत्यको जीतका रुपमा मनाउँछन् । भारतमा भने, दशमीका दिन लंकापति रावणको पुत्ला बनाएर हरेक वर्ष जलाउने गरिन्छ ।
तर, कानुपुरको एक मन्दिर छ, जहाँ दशमीकै दिन राणको पूजा हुन्छ । विजयादशमीका दिन कानपुरस्थित मन्दिरको बाहिर राणभक्तको लाइन लाग्ने गर्दछ ।
करिब डेढसय वर्ष पुरानो यो मन्दिर शिवाला क्षेत्रमा छ । यो मन्दिरको खास विशेषता यो हो कि वर्षमा एक दिन मात्रै खुल्ने गर्दछ ।
विजया दशीका दिन भगवान राम रावणको बध गर्दछन् । ठिक त्यही दिन कानुपुरमा रावणको पूजा गर्न भक्तजन आउँछन् ।
भगवान रामले जब रावणको बध गरेका थिए, तब रामले रावणसँग आर्शीवाद लिन पठाएका थिए । त्यसैले पनि रावण महान ज्ञानी भएको भन्दै भक्तजनले दशमीकै दिन पूजा गर्दछन् ।