१२ साउन २०८३, मंगलबार

आफ्नै प्रेमी ताकेपछि आमाले गरिन् छोरीको हत्या !

आफ्नै प्रेमी ताकेपछि आमाले गरिन् छोरीको हत्या !

पञ्जावमा एक आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । हत्यालाई प्रहरी र समाजको अगाडि आत्महत्या देखाउने प्रयास गरिन् । तर, अन्ततः प्रहरीको फन्दामा परिहालिन् । आफ्ना प्रेमीसँग यौन सम्बन्ध राखेको भन्दै छोरीको हत्या गरेकी हुन् । 

खबर अनुसार अबोहरमा बस्दै आएकी मञ्‍जु आफूभन्दा आधा उमेर सानो विजय भन्ने युवासँग २०१५ मा फेसबुकमा साथी बनेकी थिइन् । उनी साउदीको एक कम्पनीमा काम गर्दै आएका थिए ।

दुवैका मित्रता विस्तारै नजिक हुँदै गयो । मञ्‍जुका श्रीमान पहिले नै बितिसकेकाले उनलाई पनि एक प्रेमीको आवश्यकता थियो । दुई वर्षपछि विजय घर फर्किए ।

र उनीहरु अब सँगै बस्ने बाचा गरे । केही समयसम्म त सम्बन्धमा कुनै खटपट आएको थिएन । तर, केही समयपछि मञ्‍जुकी छोरीले पनि विजयलाई मन पराउन थालिन् ।

आफ्नै उमेरको युवा देखेपछि उनले आमाका प्रेमीलाई नै आफ्नो प्रेमी बनाउने निधो गरिन् । १७ वर्षीया दीक्षाले आमाका प्रेमीसँगै यौन सम्बन्ध राख्न थालिन् ।

केही समयसम्म यो क्रम चलिरहेको थियो । मञ्‍जुलाई यो विषयमा जानकारी भएन । 

तर, एकदिन जब मञ्‍जु ​बजारबाट आइन्, तब आफ्ना प्रेमी विजयलाई छोरीको साथमा बिस्तरामा भेटाइन् । यो कुरा उनलाई सह्य भएन । छोरीकै हत्या गर्ने योजना बुनिन् । 

गत नोभेम्बर २७ मा मञ्‍जुले आफ्नी छोरीलाई डोरीमा झुन्ड्याएर हत्या गरिन् । र प्रहरीलाई आफ्नी छोरीले आत्महत्या गरेको भन्दै खबर गरिन् ।

प्रहरीले दीक्षाको शव पंखामा झुण्डिएको अवस्थामा भेटायो । तर, आत्महत्या नभई हत्या भएको जस्तो मानेर प्रहरीले आमामाथि नै केरकार गर्न थाल्यो ।

निकै प्रयासपछि मञ्जुले आफ्नो प्रेममा तगारो बनेपछि छोरीको हत्या गर्नुपरेको बताइन् । 

कमेन्ट गर्नुहोस्