
आचार्य चाणक्यद्वारा लिखित चाणक्य नीति मानव जीवनसँग जोडिएका हरेक कुरामा उल्लेख गरिएको छ । चाणक्य नीति मानिसलाई सफलतातर्फ जानका लागि बनाइएको मार्ग देखिन्छ ।
यदि कोही पनि चाणक्य नीति अनुशरण गर्द भने, उसको जीवन पूरै खुशीसँग बित्दछ । सफलता पाएपछि पनि केही कुरामा ध्यान दिनुहोस् ।
आचार्य चाणक्यका अनुसार मानिसलाई सफलता प्राप्त गर्नका लागि कठिन परिश्रम गर्नुपर्दछ । तर, सफलता पाइसपछि पनि त्यसलाई काम राख्न अरु मुस्किल हुन्छ ।
मानिसको जीवनमा सफल भएपछि केही कुराहरुमा सँधै ध्यान दिन आवश्यक हुन्छ । नत्र पूरै जीवन केही दूरीमै बर्बाद हुन बेर लाग्दैन ।
चाणक्य नीति अनुसार सफल भइसकेपछि पनि यस्ता कुरामा ध्यान दिन अतिआवश्यक हुहन्छ ।
मनमा अहंकार आउन नदिनुहोस्
अधिकांश मानिसहरु सफलताको एक चरण पार गरिसकेपछि अहंकारी बन्दछन् । त्यसपछि उनीहरु अन्य जो कोहीको पनि अपमान गर्न पछि हट्दैनन् ।
जसले कठिन समयमा साथ दिएको हुन्छ । उनीहरुसँग दूरी बनाइहाल्छ । चाणक्य नीति अनुसार यस्ता व्यक्तिको सफलता धेरै समय टिक्दैन ।
त्यसैले अहंकारलाई आफ्नो नजिक पनि आउन नदिनुहोस् ।
वचनमा नियन्त्रण
मानिसलाई राम्रो वा नराम्रो भन्दै चित्रण गर्ने यही वचन नै हो । मानिसहरु सफलताको शिखर चढिसकेपछि पनि आफ्नो वचनमा नियन्त्रण राख्नु आवश्यक हुन्छ ।
सफल भएका मानिसहरुको बोल्ने शैली नै परिवर्तन भएको देखिन्छ । उनीहरु आफ्नो कठोर वचनले अरुको मनमा ठेस पु¥याउने काम गर्दछन् ।
विनम्र स्वभावका मानिसलाई नै सबैले मन पराउँछन् । मधुर वाणी नै सफल व्यक्तिको पहिचान हो ।
मानव हितका लागि कार्य गर्नुहोस्
धन मूल आवश्यकता हो । तर, त्यतिबेलासम्म मात्रै जबसम्म एकसरो कपडा, दुई छाक खाना र एक ओत लाग्ने घर हुँदैन ।
यति वस्तुको प्राप्तिपछि आफूले कमाएको धन सामाजिक कार्यमा लगाउनु उत्तम हुन्छ ।
आचार्य चाणक्य नीति अनुसार पनि सफल व्यक्तिले सामाजिक कार्यमा लगानी गर्नु राम्रो हुन्छ । सँधै अरुको सहयोगका लागि तत्पर हुनुपर्दछ ।
जो मानिस सामाजिक हितका लागि लगानी गर्दछन् उनीहरुको सफलता अझै बृद्धि हुँदै जान्छ ।
सम्बन्धको महत्व बुझ्नुहोस्
चाणक्य नीति अनुसार केही मानिसहरु सफलताको शिखरमा चढ्दै गर्दा यस्तो नशा चढ्छ कि । उनीहरु सम्बन्धलाई महत्व दिनै बिर्सन्छन् ।
उनीहरुलाई यदि जिन्दगीमा कोही पनि हुँदा र नहुँदा खासै फरक नपर्ने लाग्छ । तर, पछि यस्तो दिन पनि आउँछ मनग्य अर्थ हुँदा हुँदै पनि मानिस एक्लो रहन्छ ।
त्यसपछि पाएको सफलता पनि टाढा हुँदै जान्छ । आचार्य चाणक्यका अनुसार सफलताको आनन्द सम्बन्धबीच बाँड्न सकेमात्रै प्राप्त हुन्छ ।
यसकारण जस्तो सुकै ठाउँमा पुगे पनि सम्बन्धलाई सँधै महत्व दिने गर्नुहोस् ।