१० असार २०८३, बुधबार

कोरोनाको जोखिमले यसपालि देवघाटमा माघे संक्रान्ति मेला नहुने

पुस २१, २०७७
कोरोनाको जोखिमले यसपालि देवघाटमा माघे संक्रान्ति मेला नहुने
फाइल फोटो

पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसंक्रान्ति मेला नहुने भएकोे छ । 

कोरोना संक्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे संक्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्र विकास समितिले जनाएकोे छ ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार ३ जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघे संक्रान्तिमा ३६ घण्टाको अवधिमा ५ लाख तीर्थालु भक्तजन मेला भर्न आउने गरेको विगतको तथ्यांक छ । 

कार्यकारी निर्देशक घिमिरेले स्नान घरमा नै गरेर यस वर्ष माघे संक्रान्ति मनाउन अनुरोध गरिएको जानकारी दिए । उनले भने, ‘बेनीमा स्नान मात्र गर्न आउनेलाई भने हामी रोक्दैनांै ।’ स्वास्थ्य सतर्कता अपनाएर स्नान गर्न अनुरोध गरिएकोे उनको भनाइ छ ।

देवघाटमा माघे संक्रान्तिका अवसरमा २ दिन अघिदेखि नै आएर मेला भर्ने प्रचलन रहेकोे छ । छिमेकी मुलुक भारत र नेपालभरबाट भक्तजन यहाँ आउने गर्छन् । 

मेला व्यवस्थापन गर्न ३ जिल्ला चितवन, तनहुुँ र नवलपरासीका सुरक्षा निकाय खटिने गर्दथे । पुस मसान्तमा बेनीमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गर्ने गरिन्छ । मेला नभए पनि विधि भने पूरा गरिने जनाइएको छ ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हँुदै जाने विश्वास गरिन्छ ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लडडु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ । 

salt training

कमेन्ट गर्नुहोस्