मंसिर १५, २०८०
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
पुस २३, २०७७
कोरोना भाइरस संक्रमणको महामारीले देश आर्थिक रूपमा थला परेका बेलामा पनि लुम्बिनी प्रदेश सभाका पदाधिकारी र सदस्यले ३१ लाख रुपैयाँभन्दा बढी भत्ता र यातायात खर्च बुझेका छन् ।
सभाका १६ जना पदाधिकारी र ६५ जना सदस्यले २०७६ चैतदेखि २०७७ असोजसम्म ३१ लाख ३० हजार रुपैयाँ बैठक भत्ता र यातायात खर्च बुझेका हुन् ।
यो अवधिमा प्रदेशसभा सचिवालयले पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधा, सदन बैठक, समितिका बैठकमा गरी ४ करोड ४६ लाख ९४ हजार ८८३ रुपैयाँ खर्चिएको छ । प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा सभामुख पूर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारुले १ महिनाको मासिक पारिश्रमिक र अन्य सदस्यले १५ दिनको पारिश्रमिक राख्नुबाहेक सेवासुविधा कुनै हिच्किचाहट विना नै बुझेका छन् ।
यो अवधिमा सांसदले ९१ हजारभन्दा बढी भत्ता र यातायात खर्च समेत बुझेका प्रदेशसभा सचिवालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । ९१ हजार ५०० रुपैयाँसम्म भत्ता बुझ्नेमा नेकपा सांसद भोजप्रसाद श्रेष्ठ छन् । महामारीका बेला सभाका बैठक र समितिका बैठकहरू पनि कम भएका थिए ।
पदाधिकारीले कति बुझे बैठक भत्ता र यातायात खर्च ?
८७ सदस्यीय प्रदेश सभामा ६ जना मन्त्रीबाहेक ८१ जना पदाधिकारी र सदस्यले सभाबाट सेवासुविधा लिने गर्छन् । सभामुख घर्तीले ३१ हजार, उपसभामुख थारुले ३० हजार, विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले २८ हजार ५००, नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले ३२ हजार, विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले २८ हजार, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक सन्तोष पाण्डेयले ३१ हजार, अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले ४१ हजार, प्रदेश कानून तथा मामिला समितिका सभापति दामाकुमारी शर्माले ४८ हजार, सामाजिक विकास समितिका सभापति दृगनारायण पाण्डेले ३४ हजार रुपैयाँ बैठक भत्ता बुझेका छन् ।
कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले ४७ हजार, सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले १९ हजार, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति आशा स्वर्णकारले ३४ हजार, विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले ३६ हजार, नेकपा सचेतक पार्वती पुनले २६ हजार, जसपा दलका नेता सहस्रराम यादवले ४६ हजार ५०० र कांग्रेस सचेतक निर्मला क्षेत्रीले ६१ हजार ५०० रुपैयाँ भत्ता बुझेका छन् ।
प्रदेशसभा सदस्यहरूले कति बुझे ?
सांसद अजय शाहीले २७ हजार, अमरबहादुर डाँगीले ३३ हजार, अर्जुनकुमार श्रेष्ठले २४ हजार, अर्जुनकुमार केसीले ४९ हजार ५००, अष्टभुजा पाठकले ५४ हजार, इन्द्रप्रसाद खरेलले ३७ हजार ५००, इन्द्रजित थारुले १३ हजार ५००, कमलादेवी विकले ४९ हजार ५००, कल्पना पाण्डेले ५४ हजार, कविराम थारुले ४५ हजार, कुलप्रसाद पोखरेलले २७ हजार, कृष्णध्वज खड्का ३७ हजार ५००, कृष्णप्रसाद न्यौपानेले ४९ हजार ५००, कृष्णा केसी ३० हजार, खडगबहादुर खत्रीले ६० हजार, गीता थापाले २२ हजार ५००, चिन्तावती कुर्मी वर्माले १२ हजार, चेतनारायण आचार्यले ५५ हजार ५००, जाल्पा भुसालले ४६ हजार ५००, तिलकराम शर्माले ३१ हजार ५००, तुलसीप्रसाद चौधरीले ५२ हजार ५००, तुलाराम घर्ती मगरले ४५ हजार भत्ता र यातायात खर्च बुझेका छन् ।
तेजबहादुर वलीले ३६ हजार, थानकुमारी थापाले ४९ हजार ५००, दिनेश पन्थीले ५२ हजार ५००, दिपेन्द्रकुमार अधिकारीले ३१ हजार ५००, दिपेन्द्रकुमार पुनमगरले ४२ हजार, दिपेश थारुले २५ हजार ५००, दिपा विकले ५२ हजार ५००, धमकली चौधरीले ५१ हजार, धर्मबहादुर लाल श्रीवास्तवले ४५ हजार, नारायणप्रसाद आचार्यले ३७ हजार ५००, पुरनमान बज्रचार्यले ४५ हजार, पुर्मती ढेगाले ४२ हजार, पुष्पा थरुनीले ४८ हजार, फखरुद्धिन खाँन, ४६ हजार ५००, फौजिया नसिमले ३४ हजार ५००, बाबुराम गौतमले ४३ हजार ५००, वीरबहादुर रानाले १८ हजार, भगवतीदेवी भण्डारीले ६४ हजार ५००, भवनेश्वर चौधरीले ३४ हजार ५००, तारा जिसीले ७० हजार ५००, माला गोतामेले ३१ हजार ५००, याकुव अन्सारीले २५ हजार ५००, युवराज खनालले २७ हजार बुझेका छन् ।
सांसद रमा अर्यालले ६७ हजार ५००, रमा घर्तीले ४६ हजार ५००, रामजीप्रसाद घिमिरेले ३९ हजार, रिना नेपालले ३४ हजार ५००, रुन्धावती शर्माले ३७ हजार ५००, रेवतीरमण शर्माले ३० हजार, लौटी थारुले ४० हजार ५००, बसीउद्धिन खाँले २८ हजार ५००, विष्णु पन्थीले ३७ हजार ५००, विमलाकुमारी खत्रीले ३१ हजार ५००, विमला पन्थीले ३० हजार, बैजनाथ कलवारले ३१ हजार ५००, शंकर गिरीले २२ हजार ५००, शान्तिदेवी स्वर्णकारले २५ हजार ५००, सरस्वती गौतमले ५७ हजार, सुनितादेवी ठठेरले ४८ हजार, सुमन शर्मा रायमाझीले १० हजार ५००, सुस्मा यादवले ४५ हजार र हरिप्रसाद रिजालले ५२ हजार भत्ता बुझेका छन् ।
पारिश्रमिकभन्दा दोब्बर बुझ्छन् रकम
प्रदेशसभा स्थापना भएपछि सांसदहरूको पटक–पटक गरी पारिश्रमिक र अन्य सुविधा बढाएका छन् । उनीहरूको सुविधा आकर्षक छ । प्रदेश सभामा सभामुखको मासिक तलब ६० हजार रुपैयाँ छ । तर उनले मासिक ९३ हजार रुपैयाँसम्म बुझ्ने गर्छन् ।
उनले गत चैत, वैशाख, जेठ र असारमा ९३ हजार १८० रुपैयाँ रकम बुझेका छन् । उपसभामुखको ५८ हजार रुपैयाँ मासिक पारिश्रमिक छ । उनले पनि ८० हजार रुपैयाँ बराबर रकम बुझ्ने गर्छिन् ।
प्रदेश सभाका समितिका सभापतिको मासिक तलब ५५ हजार ६८० रुपैयाँ छ ।
उनीहरूले पनि मासिक ७० हजारदेखि ९४ हजार रुपैयाँसम्म मासिक रकम बुझ्ने गरेका प्रदेशसभा सचिवालयका लेखा अधिकृत आलोक अग्रहरिले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
नेताहरूले राजनीतिलाई कमाउ गर्ने ठाउँ ठाने !
सुशासनविद् तथा पूर्व प्रशासक खेमराज रेग्मीले नेपाली नेताहरू बिलासी बनेको बताउँछन् ।रेग्मीले राजनीतिलाई नेताहरूले कमाउने ठाउँका रूपमा लिएको बताउँछन् । ‘महामारीमा पनि कुनै सुविधा छाड्न नसक्नुले त्यही संकेत गर्छ,’ उनले भने ।
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...