२३ असार २०८३, मंगलबार

‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक

‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक

एलीना चौहान र योगेश काजीको स्वर रहेको ‘हेप्नी मलाई हेप्नी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।

गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतलाई क्रान्ति केसीले निर्देशन र सम्पादन गरेका छन् ।

उक्त गीत को म्युजिक भिडियोमा चर्चित नायिका वर्षा सिवाकोटी सँगै नवराज न्यौपाने, शिवहरि वैरागी, रश्मि भट्ट लगायत कलाकारहरूले अभिनय देख्न सकिन्छ । योगेश काजीको संगीत र एरेन्ज रहेको यस भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् ।

घरपरिवारमा श्रीमानश्रीमतीको स–सानो झगडा अदालतसम्म पुग्दाको विषयलाई गीतमार्फत देखाउन खोजिएको छ ।

गीत सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

वाइटिच युट्युब च्यानलबाट रिलिज भएको यो गीतको भिडियोलाई नवराज न्यौपानेले निर्माण गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्